OnlineKhabar.com

वरिष्ठ अधिवक्ता शम्भू थापाको ल फर्ममा राजश्वको छापा

थापाले भने- यो खिलराज र लोकमानको षड्यन्त्र हो

२०७० भदौ २१ गते १०:११ मा प्रकाशित

२१ भदौ, काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भू थापाको ल फर्ममा छापा मारेको छ ।

shambhu thapaविभागले शुक्रबार दिउँसो पुतलीसडकस्थित थापाको ल फर्म लिगल एडभाइजरी फोरममा छापा मारेको हो । ‘१५ जनाजति प्रहरीसहितको टोली आएको थियो । मेरो प्राइभेट ल्याटपट, सीपीयू र दुईवटा भ्याटविल प्याड लिएर गएको छ’ थापाले अनलाइनखबरसँग भन्नुभयो-‘मेरो ल्यापटपमा क्लाइन्टसँगको लिडसमेत छ ।’ विभागले थापालाई २५ गते आफैं विभागमा उपस्थित हुन भनेको छ ।

अधिवक्ता थापालाई राजश्वको टोलीले थमाएको पत्रमा सबै यन्त्र, विद्युत सामाग्री दिन भनिएको छ । राजश्व चुहावट भएको भनी यस विभागमा प्राप्त सूचनाको आधारमा यस र्फम/कम्पनीको कारोवारस्थल/गोदाम लगायत कारोबारसँग सम्वबन्धित स्थानको खानतलासी लिई मालसामान तथा कागजात कब्जामा लिनु पर्ने भएकाले यो पत्र लेखिएको छ’ विभागका महानिर्देशक खुमराज पुञ्जालीको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ-‘यो पत्र लिइ यस विभागबाट खटिई आएको टोलीलाई खानतलासी गर्न, कारोबारसँग सम्वन्धित कागजात, खातावही एवं विद्युतीय माध्यम लगायतका टोलीले उपयुक्त सम्झेका अन्य सूचना, कागजात एवं प्रमाणहरु कब्जामा लिने, आवश्यकता अनुसार सलछाप गर्ने कार्यहरु निर्वाध रुपमा गर्न दिई सहयोग पुर्‍याउन हुन राजश्व चुहावट -अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजित जानकारी गराइन्छ ।’

खिलराज र लोकमानको षड्यन्त्र : थापा

वरिष्ठ अधिवक्ता थापाले आफूविरुद्ध मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र अख्तियार प्रमुख लोकमानसिंह कार्कीले षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ । ‘वकिल भनेको त ज्ञान बचेर बस्ने हो’ थापाले भन्नुभयो- ‘मैले उनीहरुको विरोध गरेकाले खिलराज रेग्मी र लोकमान मेरा विरुद्ध लागेका हुन् । वकिललाई सैनिक शासनमा पनि यस्तो गरिँदैन ।’ नागरिक आन्दोलनका अगुवा थापा अघिल्लो संविधानसभामा उम्मेदवार समेत बन्नु भएको थियो ।

अरुमा पनि छापा

यस्तै राजश्वको टोलीले जनचेतना ल फर्म र चार्टर एकाउन्टेन बीके अग्रवालको कार्यालयमा पनि छापा मारेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । प्रतिष्ठित पेशाकर्मीहरु डाक्टर, इन्जिनियर, वकिल र चार्टर एकाउन्टेन्टले कारोबार लुकाएर कर छलेको आशंकामा राजश्वले छानविन थालेको हो । वकिलहरुले बुद्धि बेच्ने भए पनि उनीहरुलाईसमेत सरकारले करको दायरामा राख्ने अन्तरराष्ट्रिय प्रचलन रहेको छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (७०)
  • Rajib लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ११:०१

    yo chor fataha, 1 no.ghysayaha ho sambhu thapa, judge haru lai bharsta banauna sikaune yehi fataha ho, jyanmara lai paisa le chhutaune yehi chhor ho gadha, nepal ko Nyayalaya lai bharsta banaune yehi nai ho, yeuta bahas ko 3 lakh line yo pani thag nai ho. yeslai RATNAPARK ma jhundyunu parchha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

‘अप्रेसन क्वाक’मा समातिए १२ नक्कली डाक्टर

२३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआर्इबी)ले हातमा हत्कडी लाइएका १२ जना अभियुत्तहरु सार्वजनिक गर्‍यो । उनीहरु पेशाले डाक्टरहरु थिए, तर नक्कली...

१२ औं सागमा नेपाललाई रजतसहित तीन पदक

२३ माघ, गुवाहटी । भारतमा जारी १२ औं साग गेम्समा शनिबार नेपालले एक रजतसहित तीन पदक जितेको छ । भारत्तोलनमा रजत र कास्य पदक...

काठमाडौंमा ‘विचारको छाउपडी’

'नानी, महिनावारी हुँदा धारा नछुनू है ।' यो वाक्य सुनेपछि म झसंग भएँ । उनले भन्दै गइन्, 'त्यहाँ पल्लो छेउमा अन्डरग्राउन्ड अर्थात् जमिनमुनि खाल्टो...

भारतको गुजरातमा बस दुर्घटना, ४२ जनाको मृत्यु

२३ माघ, काठमाडौं । भारतको दक्षिण गुजरातमा यात्रुबहाक बस दुर्घटना हुदा ४२ जनाको मृत्यु भएको छ । गुजरातको नवसारी जिल्लामा शुक्रबार राति पूणर्ा नदिको...

सामसुङले ल्यायो ग्यालेक्सी ‘ए-५’ र ‘ए-७’

कोरियाली स्मार्टफोन उत्पादक सामसुङले ग्यालेक्सीको नयाँ सेरिज सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित कार्यक्रममा सामसुङले मिड रेन्जका दुई स्मार्टफोन ग्यालेक्सी ‘ए-५’ र...

डेढ सय बर्षको इतिहास भएका दुई क्यानेडियन दैनिक सधैंका लागि बन्द

टोरण्टो । झण्डै डेढ सय बर्षदेखि प्रकाशन हुँदै आएका दुई क्यानेडियन पत्रिका बन्द भएका छन् । १४९ बर्षदेखि गुएल्फ शहरबाट प्रकाशन हुँदै आएको ‘गुएल्फ...

खुमबहादुरको गुनासोः कांग्रेसमा पैसाको चलखेल बढ्यो

१४ माघ, काठमाडौं । दिल्लीबाट मृगौला फेरेर स्वदेश फर्केका कांग्रेस नेता खुमबहादुर खड्काले डाक्टरको सल्लाह विपरीत आफ्नो निवासमा भीडभाड बढाएका छन् । मास्क लगाएर...

वीरगञ्ज नाका आंशिक खुल्न सक्छ, यस्ता छन् तीन आधार

१२ माघ, काठमाडौं । मंगलबार सरकारी निवास बालुवाटारमा सम्पादकसहितका वरिष्ठ पत्रकारहरुमाझ प्रस्तुत भएका प्रधानमन्त्री केपी शर्मा ओली नाकाबन्दी खुल्छ भन्नेमा पूर्ण विश्वस्त देखिए ।...

‘सिलिण्डर बोक्ने विद्वान’लाई केपी ओलीको चुनौती

१२ माघ, काठमाडौं । फेसबुके र टि्वटेहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अलि बढी नै चित्त दुखेको रहेछ । मंगलबार बालुवाटारमा प्रधानमन्त्रीको कुरा सुनेपछि यस्तो...

राज्यबाट दोहोरो सुविधा लिने हाकिमहरु चिन्नुहोस् (सूचीसहित)

१२ माघ, काठमाडौं । सार्वजनिक पद धारण गरेका उच्च प्रतिष्ठित व्यक्तिहरुले सरकारबाट दोहोरो सेवा सुविधा लिएर राज्यकोषमा ब्रम्हलुट गरिरहेको पाइएको छ । दोहोरो सुविधा...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित