OnlineKhabar.com

अशोक राईसँग सहमति हुनासाथ उपेन्द्र मोर्चा बाहिरियो

उच्चस्तरीय समितिको बैठकमा नजाने घोषणा

२०७० भदौ २१ गते १०:३४ मा प्रकाशित

२१ भदौ, काठमाडौं । अशोक राई नेतृत्वको संघीय समाजवादीसँग भएको ५ बुँदे सहमतिप्रति उच्चस्तरीय राजनीतिक समितिको एकघटक मधेसी जनअधिकार फोरमले आपत्ति जनाउँदै सहमति नसच्याएसम्म बैठकमा नजाने घोषणा गरेको छ । एउटा दललाई समहतिमा ल्याउनासाथ अर्को दल भड्किन थालेपछि उच्चस्तरीय समितिका लागि सहमतिको मुद्दा भ्यागुताको धार्नीजस्तो बन्न पुगेको छ ।

upendra-yadavआफ्नो नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चा नेपालसँग भएको सहमतिलाई मिच्दै संविधानसभा सदस्य संख्या ५ सय ८५ बाट बढाएर ६ सय १ पुर्‍याउने सहमति भएको भन्दै उपेन्द्र यादव नेतृत्वको मोर्चाले आपत्ति जनाएको हो । फोरम नेपालसँग भएको ६ बुँदे सहमतिमा संविधानसभा सदस्य ४ सय ९१ बाट बढाएर ५ सय ८५ पुर्‍याउने उल्लेख थियो ।

‘अशोक राईजीहरु चुनावमा आउनुभएकोमा हाम्रो विरोध हैन । तर, संविधानसभाको सदस्य संख्या ६ सय १ पुर्‍याउने सहमति हामीलाई स्वीकार्य छैन’ फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवले अनलाइनखबरसँग भन्नुभयो ।

संविधानसभाको संख्या बढाउनु पर्ने हो भने समानुपातिकमा थप्नुपर्ने विमलको भनाइ छ । ‘यो मनोनित गर्ने प्रक्रियाप्रति हाम्रो असहमति हो’ उहाँले भन्नुभयो-‘संख्या ६ सय १ नै पुर्‍याउने हो भने समानुपातिकमा थपौं तर, मनोनित बढाउने कुरा स्वीकार्य छैन ।’

सहमतिको विरोध गर्दै फोरमको मोर्चामा रहेका दलका नेताहरु राजनीतिक समिति र संघीय समाजवादीसँगको सहमति हस्ताक्षर कार्यक्रममा समेत अनुपस्थित भएका थिए । अघिल्लो वार्तामा चार दलका नेताहरुले ६ सय १ लाई स्वीकार गरेपछि मोर्चाका नेताहरु नेताहरु बैठक छाडेर निस्किएका थिए ।

सहमतिबारे औपचारिक धारणा तय गर्न मोर्चाको बैठक छिट्टै बस्ने यादवले बताउनुभयो । यद्यपि सहमति नसच्याएसम्म राजनीतिक समितिको बैठकमा नजाने उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो-‘हाम्रो कुरा सुनिँदैन भने चार दलको सहमतिमात्र मान्न किन बैठकमा जाने । हामी बैठकमा सहभागी हुन्नौं ।’ ६ बुँदे सहमतिपछि फोरम नेपाल नेतृत्वको मोर्चा राजनीतिक समितिको बैठकमा सहभागी भएको थियो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

सार्थक सम्वादमा आउन राजेन्द्र महतोलाई प्रचण्डको आग्रह

२३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा आन्दोलनरत दलको माग वार्ता र सम्वादबाटै समाधान हुने बताएका छन् ।...

सैनिक जवान चढेको माइक्रोबस दुर्घटना, ९ को मृत्यु

२३ माघ, काठमाडौं । नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा ९ जनाको मृृत्यु भएको छ । १५ जना घाइते भएका छन् । काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै...

वाइसीएलका केन्द्रीय सदस्य नै इन्धन कालोबजारीमा !

२३ माघ, काठमाडौं । एमाओवादीको युवा संगठन बाइसीएलले इन्धन कालोबजारीमा संलग्न रहेको भन्दै केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । केन्द्रीय सदस्य शंकर गिरी इन्धन कालोबजारीमा...

नयाँ शक्तिसँग जोडिएको बहसः सिद्धान्तनिष्ठहरूलाई सिद्धान्तहीनको जवाफ

नयाँ शक्तिले आफ्ना चिन्तनगत एवं वैचारिक धारणा सार्वजनिक गर्न नपाउँदै यसलाई सिद्धान्तहीनताको आरोप लाग्न थालेको छ । तर, कथित सिद्धान्तवान्हरूले आफ्नो सिद्धान्तको हबिगततर्फ भने...

नाकाबन्दीपछि पहिलो पटक वीरगञ्जबाट इन्धन भित्रियो

२३ माघ, काठमाडौं । भारतीय नाकाबन्दी गरेपछि पहिलोपटक शनिबार वीरगन्ज नाकाबाट इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् । शनिबार दिउँसो चार वटा ग्यासका बुलेट...

नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ

२३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सरकारी डाक्टर...

प्रधानसेनापति स्वदेश फिर्ता

२३ माघ, काठमाडौं । प्रधानसेनापति राजेन्द्र भारतको छदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री माघ...

बैंङ्लोरले वाट्सनलाई ९.५ करोडमा किन्यो, युवराजलाई ७ करोड

२३ माघ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को नवौं संस्करणमा शेन वाट्सन रोयल च्यालेन्जर्स बैंङ्लोरबाट खेल्ने भएका छन् । बैंङ्गोरमा भएको लिलामीमा रोयल च्यालेन्जर्स...

न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

२३ माघ, काठमाडाैं । अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर...

वीरगञ्ज नाकामा देखियो चहलपहल, तेल लिन ट्यांकर रक्सौल जान थाले

२३ माघ, काठमाडौं । वीरगञ्ज-रक्सौल नाकामा शनिवार सामान्य चहलपहल देखिएको छ । यो सँगै नेपालबाट ढुवानीका लागि इन्धनका गाडी भारत जाने क्रम सुरु भएको...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित