Comments Add Comment

कुष्ठरोगीलाई तातो रगत, पिसाबमा कर !!!

विश्वमा मानव सभ्यताको इतिहासमा रोमन सभ्यता निकै चर्चित सभ्यता हो । आजभ्दन झण्डै २ हजार वर्ष पहिले रोमन सभ्यताको जगजगी थियो । रोमन सभ्यतालाई तत्कालिन अवस्थाको निकै विकशित सभ्यता मानिने भएपनि यो सभ्यतामा केही त्यस्ता प्रथाहरु कायम थिए जो सुन्दैमा पनि आङ जिरिंग हुन्छ ।

roman

रोमन सभ्यतामा मानिसको तातो रगतलाई रोगको उपचारमा प्रयोग गरिन्थ्यो । जब सैनिक युद्धमैदानमा ढल्थ्यो तब उसको सरीरबाट बगेको रगतलाई तत्काल कुनै भाँडोमा थापिन्थ्यो र जम्मा गरिन्थ्यो अनि त्यो रगतलाई विभिन्न खाले रोगको उपचारमा प्रयोग गरिन्थ्यो । त्यस्तै कुनै अपराधीलाई मृत्युदण्ड दिँदा जब उसको टाउको काटिन्थ्यो तब उसको सरीरबाट बगेको रगत भाँडोमा जम्मा गरिन्थ्यो । यस्तो रगतको प्रयोग कुष्ठरोगको उपचारमा गरिन्थ्यो ।

रोमन सभ्यताको अर्को रोचक कुरा के भने त्यहाँ पिसाबको पनि कर लाग्थ्यो । इशाको पहिलो शताब्दीमा रोमन बादशाह वेस्पियनले पिसाब कर लगाएका थिए । त्यस समयमा पिसाब निकै मूल्यवान वस्तु थियो र त्यसलाई कपडा धूनका लागि प्रयोग गरिन्थ्यो । पिसाबको प्रयोग औषधिको रुपमा पनि गरिन्थ्यो । त्यसकारण सार्वजनिक सौचालयहरुबाट पिसाब संकलन गरिन्थ्यो र त्यस्तो संकलित पिसाबमा कर पनि लगाइन्थ्यो । अहिले रक्सी र सुर्तिमा लगाइए जस्तै उतिबेला रोमन सभ्यतामा पिसाबमा कर लाग्थ्यो ।

रोमन साम्राज्यताका दायाँ भन्दा बायाँ हात चल्ने मानिसलाई राक्षसी स्वरुप मानिन्थ्यो । त्यस्तो मानिसलाई अविश्वसनीय तथा अशुभको प्रतिक मानिन्थ्यो ।

रोमन सभ्यतामा उत्तेजित लिंग वा फालुलेसलाई भाग्यको प्रतिकका रुपमा लिइन्थ्यो । त्यसैले उत्तेजित लिंगको प्रतिक बनाएर मानिसहरुले घाँटीमा लगाउँथे र घरमा सजाउँथे पनि ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment