OnlineKhabar.com

कानून पनि कस्ता कस्ता !

२०७० भदौ २१ गते ११:०४ मा प्रकाशित

कुनै पनि शासन व्यवस्थामा कानूनको अहम् भूमिका हुन्छ । कानून विनाको शासन लगाम बिनाको घोडा जस्तै हुन्छ । तर कानूनी शासन कायम गर्नका लागि कानून पनि जनमैत्री तथा वैधताप्राप्त हुनुपर्छ । कानूनलाई जनताले स्विकार्नुपर्छ । कानून देशका नागरिकले पालना गर्नुपर्छ र कानूनको उल्लंघन दण्डनीय हुन्छ ।

law-school

तर विश्वका केही देश तथा सहरमा केही त्यस्ता अनौठा कानूनहरु छन् जो न त त्यहाँका जनताले मनैदेखि स्विकारेका छन्, न त कानून उल्लंघन गर्नेलाई कारवाही भएको नै सुनिएको छ ।

हल्याण्डमा किराना पसलमा सामान खरिद गर्दा शपिङ बास्केटको प्रयोग नगरेमा जरिवाना तिर्नुपर्छ ।

अमेरिकाको वायोमिंगमा जुन महिनामा खरायोको फोटो खिच्न मनाही छ ।

अमेरिकाको केन्टकीले हरेक व्यक्तिले वर्षको कम्तीमा एक पटक नुहाउनुपर्ने कानून छ ।

अमेरिकाको अलास्कामा सुतेको भालुलाई जगाएर फोटो खिचेमा त्यसरी फोटो खिच्ने मानिसलाई कारवाही हुन्छ ।

अमेरिकाको कन्सासमा नांगो हातले माछा पक्रिन बन्देज लगाइएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा हाउस कोट लगाएर कार चलाउन महिलालाई निषेध गरिएको छ ।

मिचिगनमा पनि एउटा अनौठो कानून छ, जहाँ बाटोमा हिँड्दा फोहोर तथा हिलो आएपनि महिलाले आफुले लगाएको स्कर्ट ३ इन्चभन्दा माथि सार्न पाउँदैनन् ।

स्विडेनको एक अपार्टमेन्टमा बस्ने मानिसहरुले रातको दश बजेपछि ट्वाइलेटमा फ्लस गर्न रोक लगाइएको छ ।

अमेरिकाको अलाबामामा यदि कसैले रेलको ट्रयाकमा नून खन्याइदियो भने उसलाई मृत्युदण्डको सजाय पनि हुनसक्छ ।

अमेरिकाको टेक्सासमा कुनैपनि गाइको चित्र कोर्न मनाही छ । एजेन्सीको सहयोगमा

 

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“कानून पनि कस्ता कस्ता !” मा प्राप्त ६ प्रतिकृयाहरू
  • chhuchi kti लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ७:१७

    gai ko picture chai banauna kina bandej hola????bujhna man lagyo….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • shyam लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ९:५७

    malai pani ho?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

    दिपक दि ग्रेट Reply:

    सांढेको मन भाडिन्छ भनेर होला नि ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [Reply]

  • prem Tamang. लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १६:१७

    christian country vaye ko le gai ko chitra banauna nadiyeko ho.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [Reply]

  • madan लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १९:४२

    a achamma kanun pani kasta kasta ,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित