Comments Add Comment

कानून पनि कस्ता कस्ता !

कुनै पनि शासन व्यवस्थामा कानूनको अहम् भूमिका हुन्छ । कानून विनाको शासन लगाम बिनाको घोडा जस्तै हुन्छ । तर कानूनी शासन कायम गर्नका लागि कानून पनि जनमैत्री तथा वैधताप्राप्त हुनुपर्छ । कानूनलाई जनताले स्विकार्नुपर्छ । कानून देशका नागरिकले पालना गर्नुपर्छ र कानूनको उल्लंघन दण्डनीय हुन्छ ।

law-school

तर विश्वका केही देश तथा सहरमा केही त्यस्ता अनौठा कानूनहरु छन् जो न त त्यहाँका जनताले मनैदेखि स्विकारेका छन्, न त कानून उल्लंघन गर्नेलाई कारवाही भएको नै सुनिएको छ ।

हल्याण्डमा किराना पसलमा सामान खरिद गर्दा शपिङ बास्केटको प्रयोग नगरेमा जरिवाना तिर्नुपर्छ ।

अमेरिकाको वायोमिंगमा जुन महिनामा खरायोको फोटो खिच्न मनाही छ ।

अमेरिकाको केन्टकीले हरेक व्यक्तिले वर्षको कम्तीमा एक पटक नुहाउनुपर्ने कानून छ ।

अमेरिकाको अलास्कामा सुतेको भालुलाई जगाएर फोटो खिचेमा त्यसरी फोटो खिच्ने मानिसलाई कारवाही हुन्छ ।

अमेरिकाको कन्सासमा नांगो हातले माछा पक्रिन बन्देज लगाइएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा हाउस कोट लगाएर कार चलाउन महिलालाई निषेध गरिएको छ ।

मिचिगनमा पनि एउटा अनौठो कानून छ, जहाँ बाटोमा हिँड्दा फोहोर तथा हिलो आएपनि महिलाले आफुले लगाएको स्कर्ट ३ इन्चभन्दा माथि सार्न पाउँदैनन् ।

स्विडेनको एक अपार्टमेन्टमा बस्ने मानिसहरुले रातको दश बजेपछि ट्वाइलेटमा फ्लस गर्न रोक लगाइएको छ ।

अमेरिकाको अलाबामामा यदि कसैले रेलको ट्रयाकमा नून खन्याइदियो भने उसलाई मृत्युदण्डको सजाय पनि हुनसक्छ ।

अमेरिकाको टेक्सासमा कुनैपनि गाइको चित्र कोर्न मनाही छ । एजेन्सीको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment