मंगलबार, ११ असोज, २०७३
OnlineKhabar.com

सामसुङले ल्यायो ६६ लाखको टेलिभिजन

अनलाइनखबर २०७० भदौ २१ गते ११:२९ मा प्रकाशित

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्क्रिन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ ।

TV 1

जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तराष्ट्रिय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।

TV 2

सामसुङका अनुसार यो ११० इन्चको अल्ट्रा एच डी टेलिभिजनबाट जापानी दर्शकहरुले सुरुमा आगामी वर्ष हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन् भने बेलायती दर्शकले सन् २०१५ को रग्बी विश्वकप हेर्न पाउनेछन् ।

TVII

बर्लिनमै आयोजित समारोहमा सामसुङले दुइजना मान्छेले एकैचोटी दुइवटा च्यानल हेर्न मिल्ने टेलिभिजन पनि सार्वजनिक गरेको छ । एस ९ सी नामक उक्त टेलिभिजनको स्क्रिन सिधा नभएर केही घुमेको छ ।

TV3

(२०७० भदौ २२ गते १३:२१मा अद्यावधिक गरिएको)

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

२ प्रतिकृयाहरू प्राप्त
  • Dev Thapaliya लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ९:३३

    Very nice job Samsung.
    There is no limit of technology to expand.
    Amaze us with such terrific new innovations.

    0
    0
    Share

    Reply

  • Rajesh Khatiwada लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ९:३६

    It would be lovely to watch next football world cup in such an amazing t.v.
    Truly a next level of t.v experience from SAMMY.

    0
    0
    Share

    Reply

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this