OnlineKhabar.com

साहित्यकार थापाको ‘द्रौपदी’ बजारमा

२०७० भदौ २१ गते ११:४९ मा प्रकाशित

उपन्यासकार राजेन्द्र थापाको नयाँ उपन्यास ‘द्रौपदी’ बजारमा आएको छ । शुक्रबार नायिका रेखा थापाले एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गर्नुभयो ।

डिकुरा प्रकाशनद्वारा प्रकाशित उपन्यास महिला तथा घरेलु हिंसाका समस्या, यससँग सम्बन्धित सामाजिक मनोविज्ञान र यसका विरुद्धका अभियानमा केन्दि्रत रहेको छ । लेखक थापाको यसअघिको ‘खेलौना’ उपन्यास चर्चित भएको थियो । उपन्यासकार थापाले समाजको मनोविज्ञानको अनुसन्धान गरी पुस्तक लेखिएको बताउनुभयो ।

नायिका थापाले पुस्तकका कारणबाट समाजमा महिला हिंसा घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रासस

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत