+
+

थापाको ल फर्ममा किन मारियो छापा ?

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते १२:२२

लोकतान्त्रिक आन्दोलनका अगुवा, बरिष्ठ अधिवक्ता शम्भु थापाको पुतलीसडस्थित कानूनी र्फममा राजस्व अनुसन्धान विभागका कर्मचारी र सुरक्षाकर्मीले शुक्रबार छापा मारेर कागजात एवं ल्यापटप उठाएर लगेका छन् ।

sambhu-thapaकर, भ्याट छलीको आशंकामा अनुसन्धानका लागि छापा मारिएको अनुमान गरिए पनि अधिवक्ता थापालाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा राज्यले दुख दिने नियतले यस्तो कृत्य गरेको धेरैले अनुमान गरेका छन् । स्वयं थापाको दाबी पनि यही छ ।बरिष्ठ अधिवक्ता एवं नागरिक समाजका अगुवा थापाको फर्ममा मारिएको छापा एवं ल्यापटप लगायत सामान र कागजपत्र उठाएर लगिएको घटनाबारे तपाई के भन्नुहुन्छ ?

१. थापामाथि मात्रै नभएर यो सिंगै लोकतन्त्रमाथिको आक्रमण हो । लोकतन्त्रका अभियन्तामाथि लोकमानसिंह र खिलराज रेग्मीको डिजाइनमा राज्यबाट थालनी गरिएको यो गम्भीर प्रकारको आक्रमणको डटेर विरोध गर्नुपर्छ ।

२. राजस्व अनुसन्धानले जे गर्‍यो ठीक गर्‍यो । शंकास्पद व्यक्तिमाथि छानविन हुनैपर्छ र दोषी ठहरिए कसैलाई पनि छुट दिनुहुँदैन । समाजका लोकपि्रय हुन् या लोकतन्त्रवादी हुन्, सबैको सम्पत्तिमाथि यसैगरी छानविन गरिनुपर्छ । ठूलाबडालाई कानुनले छुनै पाउँदैन भन्ने छ र ? त्यसैले विभागको काममा बाधा हैन, अनुसन्धानमा सहयोग गर्नुपर्छ ।

३. यो घटनालाई यति साह्रो उचालिरहन जरुरी छैन । यो त राजस्वले गर्ने सामान्य कारवाही मात्रै हो । यस्ता छानविन त कति हुन्छन् कति । चर्चित व्यक्ति परे भन्दैमा होहल्ला गर्नु बेकार छ । दोषी भेटिए कारवाहीमा पर्लान् निर्दोष सावित भए सफाइ पाउलान् । हरेक कुरामा किन षड्यन्त्र देख्ने ? त्यसैले समर्थन वा विरोधमा बोल्नुभन्दा अनुसन्धान नसकिउञ्जेल चुपै लाग्नु बेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment