OnlineKhabar.com

उमेद्वारलाई ठोक्ने वैद्य माओवादीको खुलेआम घोषणा (भिडियोसहित)

केन्द्रीय नेता भन्छन्- ठोक्ने नै हो, केही समय कुर्नोस्

२०७० भदौ २१ गते १२:५८ मा प्रकाशित

 भरतबन्धु थापा

२१ भदौ, भक्तपुर । निर्वाचन बहिस्कारको आहृवान गर्दै नेकपा-माओवादीले शुक्रबार भक्तपुरमा गरेको मार्चपासमा उमेद्वारहरुलाई ए के-४७ ले गोली ठोक्ने हिंसात्मक नारा लगाएका छन् । रातो टिसर्ट र टोपी लगाएका तथा हातमा हँसिया हथौडा अंकित झण्डा बोकेका राष्ट्रिय युवा जनस्वयंमसेवकका कार्यकर्ताले यस्तो उछृंखल नाराबाजी गरेका हुन् । यसबारे जिज्ञासा राख्दा केन्द्रीय नेताले समेत अनलाइनखबरसँग भने, ‘ठोक्ने नै भन्ने छ, हेर्नका लागि केही समय कुर्नैपर्छ ।’

mao-march-pass

उनीहरुले ‘चुनाव कुनै पनि हालतमा गर्न दिँदैनौं, यसका लागि मार्न मर्न तयार छौं, ‘ए के ४७ बोकिन्छ, उम्मेदवारलाई ठोकिन्छ’ जस्ता हिंसात्मक नारा लगाएका थिए । माओवादीका केन्द्रीय नेता हितमान शाक्य र देवेन्द्र श्रेष्ठको नेतृत्वमा भक्तपुरको सानो थिमीस्थित शंखधर खाख्वा चोकबाट सुरु भएको मार्चपास सूर्यमढीमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा हितमान शाक्य प्रमुख अतिथि हुनुहुन्थ्यो ।

मार्चपासमा लगाएको नाराबारे जिज्ञाशा राख्दा माओवादी केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो-‘यो समान्य कुरा हो । हिजो जनयुद्ध लडेर आएको शक्तिलाई बेवास्ता गरेर हिँड्न खोजेपछि युवाहरुमा आएको आक्रोश हो ।’ तपाईहरुले निर्धारण गरेको भन्दा बाहिरको नारा हो कि ? भन्ने अनलाइनखबरको प्रश्नमा श्रेष्ठले भन्नुभयो- ‘ठोक्ने भन्ने नै छ । अहिले युवाहरुले ठोक्ने भनेर नारा लगाए । ठोक्ने नठोक्ने हेर्न भने केही समय कुर्नैपर्छ ।’

पछिल्ला दिनहरुमा माओवादीभित्र अध्यक्ष मोहन बैद्य किरणसहितको नेतृत्व चुनावको पक्षमा देखिए पनि सचिव नेत्रविक्रम चन्द विप्लवको अगुवाइमा देशका विभिन्न स्थानमा मार्चपास भइरहेको छ । विप्लवलाई पूर्वसहायक डिभिजन कमाण्डर उदयबहादुर चलाउने अध्यक्ष रहेको राष्ट्रिय युवा जनस्वयंमसेवकले साथ दिएको छ ।

भिडियो

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (६०)
  • ST लेख्नुहुन्छ    |   २०७० भदौ २४ गते १५:५९

    K Thaha yo pani maobadi ko chal hola ni janta lai darune ra pachi baidhya lai milanune….

    Je pani huna sakcha…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

नामिबियालाई हराउँदै भारत सेमिफाइनलमा

२३ माघ, काठमाडौं । नामिबियालाई १९७ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत यू-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । फतुल्लाहमा पहिले ब्याटिङ गरेको...

नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ

२३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सरकारी डाक्टर...

नयाँ शक्तिसँग जोडिएको बहसः सिद्धान्तनिष्ठहरूलाई सिद्धान्तहीनको जवाफ

नयाँ शक्तिले आफ्ना चिन्तनगत एवं वैचारिक धारणा सार्वजनिक गर्न नपाउँदै यसलाई सिद्धान्तहीनताको आरोप लाग्न थालेको छ । तर, कथित सिद्धान्तवान्हरूले आफ्नो सिद्धान्तको हबिगततर्फ भने...

बैंङ्लोरले वाट्सनलाई ९.५ करोडमा किन्यो, युवराजलाई ७ करोड

२३ माघ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को नवौं संस्करणमा शेन वाट्सन रोयल च्यालेन्जर्स बैंङ्लोरबाट खेल्ने भएका छन् । बैंङ्गोरमा भएको लिलामीमा रोयल च्यालेन्जर्स...

वाइसीएलका केन्द्रीय सदस्य नै इन्धन कालोबजारीमा !

२३ माघ, काठमाडौं । एमाओवादीको युवा संगठन बाइसीएलले इन्धन कालोबजारीमा संलग्न रहेको भन्दै केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । केन्द्रीय सदस्य शंकर गिरी इन्धन कालोबजारीमा...

न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

२३ माघ, काठमाडाैं । अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर...

वीरगञ्ज नाकामा देखियो चहलपहल, तेल लिन ट्यांकर रक्सौल जान थाले

२३ माघ, काठमाडौं । वीरगञ्ज-रक्सौल नाकामा शनिवार सामान्य चहलपहल देखिएको छ । यो सँगै नेपालबाट ढुवानीका लागि इन्धनका गाडी भारत जाने क्रम सुरु भएको...

सोमबार ४६ देखि ६० लटका बाइकको तेल भर्ने पालो (पम्पको सूचीसहित)

२३ माघ, काठमाडौं । नेपाल आयल निगमले सोमबार पनि काठमाडाैं र अासपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने  भएको छ । सोमबार ४६ देखि...

भूकम्पको धक्काले धोबीखोला पूल बनाउने १० जना घाईते (फोटो फिचर)

२३ माघ काठमाडौं । शुक्रवार राती १० बजेर ५ मिनेटमा गएको भूकम्पको धक्काले मदन भण्डारी कलेज नजिकै धोबीखोला किनारमा बस्ने १० भारतीय नागरिक घाईते...

सेयर बजार सूचक ऐतिहासिक अंकमा

२३ माघ, काठमाडौं । यो साता सेयर बजार सूचकांक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित