Comments Add Comment

इत्तिहादको अबुधावी-काठमाडौं उडान दोब्बर

२१ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजावाहक एयरलाइन्स इत्तिहाद एयरवेजले नेपालमा आफ्नो उडान दोब्बर गर्ने भएको छ । एयरवेजले आगामी नोभेम्बर १ तारिखदेखि दिनमा दुईपटक अबुधाबी-काठमाडौं उडान गर्ने भएको हो । अहिले इत्तिहाद एयरवेजले नेपालमा दैनिक एक उडान भर्दै आएको छ ।

A6-EIL-Etihad-Airways-Airbu

यात्रुहरुको बढ्दो चापलाई ध्यानमा राखेर नेपाल उडान दोब्बर बनाउन लागेको इत्तिहाद एयरवेजले विज्ञप्ती मार्फत जानकारी दिएको छ । नेपालमा ए ३२० विमानबाट थप उडान गर्ने जानकारी दिँदै एयरवेजले उक्त विमानमा १६ वटा पर्ल बिजनेस क्लास सिट र १ सय २० इकोनोमी सिट रहेको बताएको छ । उडान थप गर्दा नेपालीलाई मध्यपूर्व, युरोप र खाडी राष्ट्रबीचको सम्पर्क बढाउने अपेक्षा एयरवेजले लिएको छ ।

इत्तिहाद एयरवेजका मुख्य रणनीति तथा योजना अधिकृत केभिन नाइटका अनुसार थप उडानबाट काठमाडौं र अबुधावीलाई बाँकी विश्वसँग जोडन थप मद्धत पुर्‍याउने छ । सन् २००७ मा उडान सुरु गरेको इत्तिहाद एयरवेजले काठमाडौं-अबुधावी मार्गमा ६ लाख २० हजार यात्रुलाई सेवा पुर्‍याइसकेको जनाएको छ । पछिल्लो समय युएई नेपाली कामदारहरुको प्रमुख गन्तव्य बन्न थालेको छ ।

Etihad_Airways_Boeing

Etihad-First-Class-Cabin

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment