Comments Add Comment

‘टाइमपास’का लागि सलमान खान मनपर्छः आरजु

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले चलचित्र हेर्न नभ्याए पनि देउवा पत्नी आरजु राणा भने सिनेमा हलमै गएर चलचित्र हेर्न रुचाउनुहुन्छ । नेपाली हिरोहरु खासै मन नपर्ने आरजुलाई टाइमपासका लागि सलमान खान मन पर्दोरहेछ ।

‘एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ, राणाले आफ्नो फिल्मी रुचीबारे अनलाइनखबरसँग भन्नुभयो, ‘टाइम पासका लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ ।’

आरजुको रुची उहाँकै भनाइमा-

Arju_Deuwaम फिल्म एकदम हेर्छु । म त इण्डियामा १० वर्ष बसेर पढेको, त्यसैले एकदम सिनेमा हेर्छु । म हिन्दी सिनेमा नै बढी हेर्छु । नेपाली सिनेमा कुनै एकदम राम्रो छ भनेर कहिले गएर हेर्छु । घरमा भन्द पनि हलमै गएर हेर्छु । हलमा फिल्म हेर्दा छुट्टै मज्जा हुन्छ । म, मेरो मुमा र साथीहरुसँग गएर हेरिन्छ । अस्ति एउटा सिनेमा हेर्न सिटी सेन्टरमा गएको, अर्कै हलमा पसिएछ । आमा पनि बूढी, छोरी त बूढी भैहाल्यो, चश्मा झिकेर टिकटमा हेर्नुपर्ने, नहेरी गार्डलाई भनेर ३ नम्बरमा गएर बसेको त अर्कै सिनेमा आउँछ बा Û

उहाँ -शेरबहादुर देउवा) ले सिनेमा हेर्न भ्याउनुहुन्न । हलमा पनि जान मिलेन । उहाँ घरैमा आध्यात्मिक कार्यक्रमहरु, न्युजहरु धेरै हेर्नुहुन्छ । उहाँले गीत त सुन्दै सुन्नुहुन्न । उहाँ प्रचण्डजस्तो नाच्नुहुन्न । पहिले नै धेरै नाचिसक्नुभयो । मसँग बिहा गर्नुभन्दा अघि धेरै नाचिसकेको भएर अहिले त्यति धेरै रुची छैन । हुन त अहिले पनि केटीले नाचौं भने त नाचिहाल्नुहुन्छ नि । चान्चनलाई के छ र । तर, कोही छोरी त कोही नातिनी उमेरका छन् ।

मलाई लुट भन्ने सिनेमा एकदमै राम्रो लाग्यो । नेपाली हिरोइनमा सबभन्दा राम्री त मलाई करिश्मा मानन्धर लाग्छ । सी इज भेरी गुड लुकिङ । रियल लाइफमा पनि कमै मान्छे त्यति राम्री होलान् । रियल राइफमा एकदमै ब्युटिफूल देखेको मैले करिश्मा मानन्धरलाई हो । एकदमै राम्री छन् उनी ।

हिरोमा चाहिँ….. खै । नेपाली सिनेमाका हिरोहरु त्यति राम्रो कोही पनि लाग्दैनन् । राजेश हमाललाई म पहिलेदेखि नै चिन्छु । हिरोभन्दा पनि सोसियल वर्कर । राजेश हमालले खेलेको एउटै फिल्म हेरेकी छु । प्रेमपिण्ड, त्यसमा चाहिँ उहाँले राम्रो एक्टिङ गर्नुभएको थियो ।

तर, मलाई लुटको हिरोहरु एकदमै राम्रो लाग्यो । योङ योङ मान्छे । हाकु काले अनि त्यो कर्मा त मेरो साथीको छोरा हो । सानोमा देखेको, अहिले त हिरो भएछ । उनीहरुको एक्टिङ एकदम नेचुरल क्या ! त्यो सिनेमा मलाई एकदमै राम्रो लाग्यो । त्यो सिनेमा बाएचान्स हेर्न गएको हो, तर यस्तो राम्रो रै’छ । त्यो त हलिउडमै खिचेछन् जस्तै लाग्यो । रियल क्या ! मान्छेले एक्टिङ गरेजस्तै देखिन्न । त्यसका डाइरेक्टरले अर्को पनि सिनेमा बनाएका छन् रे, हेर्न पाइएन । राजबल्लभ भन्ने पनि हेरेकी छु, त्यो पनि ठिकै छ ।

इण्डियाको हिरोमा एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ । हि इज भेरी ट्यालेन्ट । टाइम पासको लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ । उसको अर्को क्यारेक्टर नै छैन, ऊ सलमान नै भएर सिनेमामा देखिन्छ । मलाई ऋतिक रोशन पनि राम्रो लाग्छ ।

इण्डियाका हिरोइनहरुमा एकदमै राम्रीचाँहि मलाई पि्रयंका चोपडा लाग्छ । प्रियंका चोपडाको फिल्म आयो भने म मिस गर्दिँन । आफैं भएर एक्टिङ गर्नेचाहिँ क्याटि्रना कैफ । उसले हरेक सिनेमामा आफैं भएर एक्टिङ गरेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment