Comments Add Comment

मनिषाको जीवनमा अफेयर नै अफेयर, १० जनासँग ब्रेकअप पश्चात विवाह

नायिका मनिषा कोइरालाको जीन्दगी एउटा खुला किताब जस्तै छ । नेपाली सिनेमा हुँदै बलिउडमा समेत चर्चामा रहेकी मनिषाले हालै मात्र क्यान्सर रोगबाट छुटकारा पाएकी छिन् । मनिषाको बिषयमा अधिकांश कुराहरु बाहिर आइसकेका छन् ।बलिउड करिअर धरमराए पछि मनिषा अहिले सिने नगरीबाट केही टाढा जस्तै देखिएकी छिन् । यही क्रममा भारतिय संचारमाध्यहरुले मनिषाको जीवनका विभिन्न तथ्यहरु सार्वजनिक गरिरहेका छन् ।

भारतको एक चर्चित वेवसाइटका अनुसार मनिषाको जीवन प्रेम र अफेयरबाट टाढा रहन सकेको थिएन । मनिषाको जीवनमा भारतका चर्चित नायक देखि अष्ट्रेलियन राजदुत सम्म जोडिएको बताइएको छ ।

manisha-koirala-love-life

बलिउडमा प्रवेश गरेसँग मनिषाको अफेयर चलचित्र ‘सौदागर’का नायक विवेक मुशरनसँग जोडिएको बताइएको छ । यसपछि मनिषाको नाम नेपालका लागि तत्कालिन अष्ट्रेलियन राजदुत क्रिप्सन काँनराँयसँग जोडिएको थियो । उक्त मिडियाका अनुसार मनिषा र क्रिप्सन बिच विवाहको कुरा पनि चलेको थियो । क्रिप्सन मनिषालाई निक्कै चाहन्थे । उनीहरु बिच विवाहाका लागि टिकाटालो पनि भएको थियो । तर पछि मनिषाले आफ्नो उमेर नभएको भन्दै यो सम्बन्ध तोडेकी थिइन् ।

यसपश्चात मनिषाको नाम ‘अग्निसांक्षी’का नायक नाना पाटेगरसँग जोडिएको थियो । विवाहित नायक नानाले आफ्नो लागि पत्नी छोड्ने विश्वास मनिषाको थियो । तर उनको यो सपना पुरा हुन सकेन । नानासँग सम्बन्ध तोडिएपछि मनिषा हुसेनसँग नजिक भइन् । तर हुसेनले विवाहका लागि आग्रह गर्दा मनिषाले इन्कार गरिन् र यि दुईबिचको सम्बन्ध पनि तोडिएको थियो । सन् २००३ मा मनिषा फिल्म मेकिङ सिक्नका लागि लण्डन पुगेकी थिइन् । यही क्रममा उनको भेट नाइजेरियाली व्यापारी सेसिलसँग भएको थियो । मनिषाको अफेयर सेसिलसँग पनि केही समय चलेको थियो ।

सेसिलसँग सम्बन्ध टुटेपछि मनिषाको अफेयर आर्यन बैदसँग भएको बताइन्छ । केही सिनेमामा अभिनयग गरेका आर्यनसँग मनिषाले सी ग्रेडको चलचित्र ‘नशा एक चाहत’मा अभिनय गरेकी थिइन् । आर्यनसँग समय बिताउने चाहनाले मनिषाले यो सिनेमा गरेको बताइन्छ ।

आर्यनसँग ब्रेकअप भएपछि मनिषाको सम्बन्ध प्रशान्तसँग जोडिएको थियो । तर प्रशान्तको परिवारले अस्विकार गरेपछि यि दुई बिच ब्रेकअप भएको थियो । सन् २००७ मा मनिषाको सम्बन्ध संगीतकार संदिपसँग जोडिएको थियो । यो समयमा मनिषाको अष्टे्रलियन प्रेमी अक्षयसँग ब्रेकअप भएको थियो । लेखक तथा उद्योगी डाँरिसको साथमा सन् २००९ मा मनिषाको विवाहको कुरा पनि चलेको थियो । तर पछि यि दुई बिच सम्बन्ध विगि्रएको बताइएको छ ।

यसपश्चात मनिषाले नेपाली युवक सम्राट दाहालसँग विवाह गरेकी थिइन् । सम्राटसँग बिहे गरेको केही बर्षमै उनीहरु बिच पनि सम्बन्ध बिच्छेद भएको छ । भारतिय चर्चित वेवसाइट दैनिक भाश्करका अनुसार मनिषा हाल अभिनेता जेडी चक्रवर्तीसँग डेटमा रमाइरहेकी छिन् । उक्त वेवसाइटले मनिषाको जीवनमा पैसाको कहिले कमी नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment