Comments Add Comment

मेस्सी उत्कृष्ट फुटबलरको शीर्ष स्थानमा

२१ भदौ, काठमाडौं । रियल मडि्रडले ८७.३ मिलियन पाउन्डमा किनेपछि ग्यारेथ बेल सर्बाधिक महंगा खेलाडी बनेका छन् । तर, फिफा १४ ले जारी गरेको फुटबलहरुको नयाँ र्‍याङ्किङमा उनी १७ औं स्थानमा परेका छन् ।

शीर्ष स्थानमा बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी छन् । उनलाई ९४ अंक दिइएको छ । तर, ५० फुटबलरको सूचीमा बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार भने अटाएका छैनन् ।

९२ अंकका साथ रियल मडि्रडका क्रिष्टियानो रोनाल्डो छन् भने तेस्रो स्थानमा युरोपका उत्कृष्ट खेलाडी घोषित वार्यन म्युनिखका फ्राङ्क रिवेरी रहेका छन् । चौथो स्थानमा फल्काओ, पाँचौंमा इनिष्टा, छैटौंमा भानपर्सी, सातौंमा जाभी, आठौंमा जाल्टन इभ्राहिमोबिच, नवौंमा अर्जेन रोविन र दशौंमा वार्यनका बास्टियन स्वान्सटाइगर रहेका छन् ।

टोटनहृयामका पूर्व स्टार इग्लिस पि्रमियर लिगका स्टारहरु रोविन भानपर्सी र वायन रुनीभन्दा पछि छन् । भानपर्सी छैटौं र रुनी १३ औं स्थानमा परेका छन् भने बेल १७ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment