Comments Add Comment

२८ वटा तीजको गीतमा पार्वती राइको वर्चस्व

तीज पर्व बल्ल नेपालीहरुको घरमा भित्रिएको छ । तर तीजको गीतमा नाच्ने मोडल तथा गाउने गायक गायिकालाई भने २ महिना अघि देखि नै तीज लागेको थियो । यो भिडमा लोकगीतको म्यूजिक भिडियोमा रानीको रुपमा उदाएकी पार्वती राई सर्वाधिक व्यस्त बनिन् ।

उनले यो बर्ष निर्माण भएका १ सय भन्दा बढि गीतमध्ये २८ वटा गीतको भिडियोमा नृत्य गर्न भ्याइन् । केही समय अघि सम्म तीज र दोहोरी गीतको भिडियोमा संझना वुढाथोकीको बर्चस्व थियो । तर केही बर्ष यता पार्वतीले यो उपाधी खोसेकी छिन् । एउटा भिडियोमा काम गरेको कती लिनुहुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा उनले भनिन्, १० देखि १५ हजार सम्म लिन्छु ।

parbati-rai-hot-photo

पार्वतीले आफ्नो नृत्यकला र काम प्रतिको इमान्दारिताले दर्शकहरुले रुचाउनु भएको तर्क गरिन् । तीजको गीतमा नृत्य गर्दा गर्दै थाकेकी उनले केही दिनमै दोहोरी गीतको भिडियोमा अभिनय गर्ने तयारी गरेको जानकारी गराइन् ।

भिडियो क्विन पार्वतीले शंकर वीसी, कपिल लामा, प्रकाश भट्ट जस्ता दोहोरीमा जमेका निर्देशकसँग काम गरेकी छिन् । उनले कस्तुरी शर्मा, रामजी खाँड, टिका पुन, राधिका हमाल, पूर्णकला वीसी जस्ता चर्चित गायक तथा गायिकाको आवाजमा समावेश तीजको गीतमा अभिनय गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment