Comments Add Comment

गर्भवती करिना भन्छिन्, ‘कपुर नै बलिउडका राजा’

बलिउड नायिका करिना कपुरलाई अझै पनि बलिउडमा कपुरहरुको नै राज रहेको जस्तो लाग्छ । उसो त यतिबेला बलिउडमा खानहरुको एकलौटी राज चलिरहेको छ । तर करिनालाई भने कपुरहरु निक्कै प्रतिभाशाली र अझै पनि बलिउडमा राज गरिरहेका छन् भन्ने लाग्छ ।

karina-kapoorकरिनाले भनेकी छिन्, ‘कपुरहरु बलिउडका निक्कै प्रतिभाशाली कलाकार हुन् र सधै रहनेछन् ।’ उनले अझै पनि बलिउडका चर्चित कलाकारहरु ऋषि कपुरको अघि घुडा टेक्ने बताइन् । उनलाई बलिउडमा अहिले नायक रणवीर कपुर निक्कै प्रतिभाशाली लाग्छ । रणवीरसँग सिनेमा खेल्ने चाहना भएपनि नपाएको उनको तर्क छ ।

 गर्भवती करिना

हालै मात्र करिनाको बढ्दै गएको पेट सहितको तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक संजालमा चर्चा पायो । सैफअली खानसँग बिहे पश्चात कतै यो जोडीले बच्चा जन्माउने निर्णय त गरेन भन्ने शंका पनि उनका फ्यानहरुमा पर्न गयो । तर करिनालाई चलचित्र ‘गोरी तेरे प्यार मे’ मा गर्भवती भएको अवस्थामा देख्न सकिनेछ । यो चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment