Comments Add Comment

तीजमा सुष्माले नचाइन् रेखालाई, दीपाश्री र नीशा पनि के कम ?

महिलाहरुको महान चाड हरितालिका अर्थात तीज पर्व नेपाली सिनेमाका नायिकाहरुलाई पनि मझैले लागेको छ । चलचित्र क्षेत्रका चर्चित नायिकाहरु यतिबेला तीज पर्व मान्नका लागि विभिन्न ठाउँमा पुगिरहेका छन् ।यसैक्रममा कलाकार दीपाश्री निरौला, कविता शर्मा, गायिका निशा सुनुवारले संयुक्त रुपमा आयोजना गरेको तीज विशेष सम्मान कार्यक्रममा सांगीतिक, हाँस्य,चलचित्र क्षेत्रका कलाकारहरुको उल्लेखनिय उपस्थिती रह्यो ।

rekha-thapa-and-susma-karki

कार्यक्रममा नायिका रेखा थापा, सुष्मा कार्की, दीपशिखा शाही पुगेका थिए । उनीहरुले तीजको कार्यक्रममा दिल खोलेरै नाँचे र अरुलाई पनि नचाएका थिए । कार्यक्रममा हाँस्यकलाकारहरु मनोज गजुरेल, जितु नेपाल, किरण केसी,शैलेन्द्र सिंखडा लगायतले विभिन्न कमेडी प्रस्तुती राखेर माहोललाई हाँस्यमय बनाएका थिए ।

यस्तै तीजमय कार्यक्रममा पार्वती राई,शंकर वीसी लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका देविका बन्दना, सुनिता परियार, मिलन अमात्य, गायक प्रल्हाद तिमिल्सिनाले गीत प्रस्तुत गरेका थिए ।

komal-oli-dance-with-anil-s

parbati-rai

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment