Comments Add Comment

नयाँ हिरोइनसँग थाइल्याण्डमा जीवन र निरज

एक मिस नेपालमा सहभागी यूवती, अर्की जापानमा पढ्दै गरेकी सुन्दरी, नायक जीवन लुइटेल र निरज बराल यि दुबैसँग पर्दामा रोमान्स गर्दैछन् । पहिलो पटक नायकबाट निर्माता बनेका निरज बरालको चलचित्र ‘स्टुपिड मन’मा चार कलाकारको जोडी देखिन लागेको हो ।

stupid-man-muhurta1

शुभेच्छा फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो चलचित्रको सम्पूर्ण छायांकन थाइल्याण्डमा हुनेछ । जसका लागि २१ जनाको कलाकार र प्राविधिकको टोली थाइल्याण्ड उड्दैछन् ।चलचित्रमा दुई नायकको साथमा जापानमा अध्ययनरत चाँदनी शर्मा र मिस नेपालमा सहभागी भैसकेकी रीजु श्रेष्ठ, कलाकार मार्टिन खानको मुख्य भूमिका रहनेछ । यसअघि ‘मेरो जीवन साथी’ निर्देशन गरेका दिवाकर भट्टराइको यो दोश्रो प्रोजेक्ट हो ।

‘थाइल्याण्डमा बस्ने युवायुवतीको प्रेम कथालाई ‘स्टुपिड मन’ले बोल्नेछ’, कार्यक्रममा निर्देशक भट्टराइले भने । उनका अनुसार ३५ दिन लगाएर चलचित्रको सम्पूर्ण छायांकन थाइल्याण्डका विभिन्न शहरमा गरिनेछ । चलचित्रमा अर्जुन पोखरेल र करणराज कार्कीको संगीत, सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, संजय लामाको छायांकन, वुद्धिलाल मगर प्रोडक्शन, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । चलचित्रमा निरजसँगै विवेक शाहीले पनि लगानी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment