शुक्रबार, २४ मंसिर, २०७३
OnlineKhabar.com

करण जोहरलाई अन्डरवल्र्डको धम्की

अनलाइनखबर २०७० भदौ २१ गते १४:४२ मा प्रकाशित

भारतिय सिनेमाका चर्चित निर्माता तथा निर्देशक करण जोहरलाई अन्डरवल्र्डले धम्की दिएको भारतिय संचारमाध्यहरुले जनाएका छन् । अन्डरवल्र्डको तर्फबाट उनलाई ज्यान मार्ने धम्की भरिएको सन्देश तथा फोन आएपछि उनले मुम्बई प्रहरी गुहारेका छन् ।

karan-johar

केही दिन अघि निर्माता बोनी कपुरलाई पनि ज्यान मार्ने धम्की आएको थियो ।करणले प्रहरीमा उजुरी दिदै ज्यान सुरक्षाको माग गरेका हुन् । करणको उजुरी पश्चात मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको बताइन्छ । बलिउड सिने नगरीका चर्चित ५ कलाकारहरुलाई अन्डरवल्र्डबाट ज्यान मार्ने धम्की आएको बताइन्छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this