Comments Add Comment

एमाओवादीको उपत्यका बन्द फिर्ता

२२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले कार्यकर्ता हत्याको विरोधमा आयोजना गरेको काठमाण्डौं, चितवन र गोरखा बन्द फिर्ता लिएको छ । तीजको दिन बन्द गरेको भन्दै सर्वत्र निन्दा हुन थालेपछि माओवादी नेताहरुले मध्यान्ह १२ बजेदेखि बन्द फिर्ताको घोषणा गरेका हुन् ।
‘महिलाहरुको महान पर्व तीज परेकाले उहाँहरुको आग्रह अनुसार बन्द फिर्ता लिने निर्णय गरिएको हो,’ एमाओवादी नेता देवेन्द्र पौडेलले अनलाईनखबरलाई भन्नुभयो, ‘कार्यकर्ता पक्राउको विरोधमा संघर्षका कार्यक्रम भने जारी रहनेछन् ।’

banda-news

जनतालाई कुनै पूर्वसूचना नदिई एकीकृत माओवादीले अकस्मात् काठमाडौं, गोरखा र चितवन बन्दको घोषणा गरेपछि शनिबार बिहानैदेखि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका थिए । चाडको बेलामा अकस्मात गरिएको बन्दप्रति जनतामा तिब्र असन्तुष्टि बढेपछि एमाओवादी नेताहरू केही घण्टापछि नै बन्द फिर्ता लिने निर्णय गर्न बाध्य भएका हुन् । बन्द फिर्ता गराउन उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइरालाले समेत एमाओवादी नेताहरुसँग छलफल गर्नुभएको थियो ।

बन्दका क्रममा कलंकी र प्रदर्शनी मार्गलगायतका स्थानमा एमाओवादी कार्यकर्ताले स्थानीयबासी र प्रहरीको पिटार्इसमेत खाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment