Comments Add Comment

स्वर्गजस्तै सुन्दर पाँचपोखरी (फोटोफिचर)

वरिपरि दुबोले घेरिएको चौरीको वीचमा नीलो ताल । त्यही पनि एउटा मात्रै होईन, पाँचवटा । एउटा ताल निकै ठुलो र अन्य अलि साना तालहरु । सिन्धुपाल्चेाक जिल्लामा अवस्थित भोटाड गाविस १ मा समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ ।8

काठमाण्डौका लागि खानेपानी उपलब्ध गराउने मेलम्ची योजनाका रुपले प्रख्यात रहेको मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ पाँचपोखरी । काठमाण्डौदेखि मेलम्चीसमम्मको बसयात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । मेलम्चीदेखि पहिलो दिनको बास बस्नका लागि भोटाड पुगिन्छ । भोटाडसम्मको यात्राका लागि बाटोको अवस्था र बाटाको खानपिनका समेत राम्रो व्यवयस्था रहेको छ । तर, दोस्रो दिन भोटाडदेखि जंगलै जंगलको बाटो हुँदै बास बस्नका लागि राम्रो व्यवस्था रहेको छैन । वीचवीचमा गोठ तथा छाप्राहरु भेटिन्छन् ।9

तर, समुद्र सतहबाट ३२ सय मिटरमा अवस्थित टपखर्कमा बास बस्ने सामान्य व्यवस्था रहेको छ । यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ । पाँचपोखरीमा बास बस्नका लागि सामान्य होटल पाइन्छ ।पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइ-धुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएकेा पुरा हुने जनविश्वास रहेको छ ।10

पाँचपोखरी रहेको स्थलबाट करिव एकघण्टाको टाडो उकालो पश्चात त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
उचित प्रचार-प्रसार नभएका कारण यो क्षेत्रमा पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन । विशेष गरी पाँचपोखरीमा जनै पूणिर्माको अघिल्लो दिन र मंसिर महिनाको पूणिर्माका दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि भक्तपुर र काभ्रेबाट उल्लेखनीयरुपमा सहभागी हुने गर्दछन् ।

2

4

5

5-pokhari-1  7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment