Comments Add Comment

ककटेल रक्सीले १४ महिनादेखि हिक्क-हिक्क

हिक्क आउनु वा बाडुल्की लाग्नुलाई हाम्रो समाजमा कसैले सम्झेर यस्तो भएको हो भन्ने चलन छ । तर वैज्ञानिकहरुका अनुसार फोक्सोका मांशपेशी खुम्चिँदा हिक्क आउँछ । केहीबेरको हिक्कले नै हामीलाई थकाउँछ । हिक्क रोक्न अनेकथरी उपाय गर्न थालिहाल्छौँ । यदि १४ महिनासम्म लगातार हिक्क आइरने हो भने मान्छेको हालत के होला –

विचरा एक आइरिस मानिसलाई यस्तै भएको छ । अघिल्लो वर्षो जुलाई महिनादेखि उनलाई निरन्तर बाडुली लागिरहेको छ । हरेक ७ सेकेण्डमा उनलाई हिक्क आउँछ । उनलाई सिंक्रोनस डायफ्राग्मीक डिर्सअर्डर नामक समस्याका कारण यस्तो भएको हो ।

h1

सन् २०१२ को जुलाइमा एक भोजमा सहभागी हुँदा त्यहाँ रहेको ककटेल रक्सी खाएपछि उनलाई हिक्का आउन थालेको हो । उनलाई यो चौध महिनामा ५० लाख २५ हजार पटक हिक्क आइसकेको अनुमान आफै गर्छन् उनी ।

३७ वर्षा डानियल केल्भिन यस्तो समस्याका कारण रातको समयमा विरलै सुत्न पाएका छन् । कहिलेकाहीँ उनी रातभर जागा रहेका छन् र रातमै हिँडडुल गरेका पनि छन् । आफ्नो बाडुल्कीले घरका जहान पनि सुत्न नसक्ने अवस्था भएपछि उनी कहिलेकाहीँ रातमा घर बाहिर निस्केर यताउति हिँड्छन् ।

उनले आफ्नो यो हिक्का रोक्नलाई विभिन्न उपचार पनि गरिरहेका छन् । तर, उपचारले बीसको उन्नाइस गरेकेा छैन । कहिलेकाहीँ त आधा मिनेट जति स्वास नै फेर्न नसक्ने गरी छाती खुम्चिन्छ ।

ving2

आफ्नो हिक्क कम गर्न उनले चिनी तथा भिनेगार खाने गरेका छन् । तर, यसले खासै निको भने गराएको छैन । उनले आफ्नो यो हिक्कको समस्याले आफ्नो मात्र नभै परिवारकै भविष्य संकटमा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment