Comments Add Comment

किभी मोबाइल बजारमा

२४ भदौ, काठमाडौं । मोबाइलको माग बढिरहँदा आफ्नो बजार विस्तार गर्ने क्रममा किभी ब्राण्ड मोबाइल नेपाल प्रवेश गरेको छ । विशेष कार्यक्रम आयोजना गरी काठमाडौंमा उक्त मोबाइलको बिक्री आरम्भ घोषणा गरिएको छ ।

kivi kt 100

कम्पनीले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँ मूल्य पर्ने १४ डिजाइनका मोबाइल नेपाली बजारमा ल्याएको हो । कार्यक्रममा चर्चित मोडेलहरुले स्याम्पमा सेट प्रदर्शन गरेका थिए ।

इण्डिया एन्सका डिड नरेशको माइकल ज्याक्सन नृत्यसहित मिलन अमात्ते, प्रल्हाद तिमिल्सिना, सशान कँडेललगायत गायक गायिकाको प्रस्तुतिबाट कार्यत्रमलाई संगीतमय बनाइएको थियो ।

नेपाली बिक्रेता कम्पनीका प्रबन्ध निर्देशक मोहन बंशल, वरिष्ठ प्रबन्ध गोबिन्द बंशल र किभी मोबाइलका हङकङ प्रतिनिधि आवेश र आसिश धानुकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कम्पनीले निर्माता निर्देशक दिपक खाँडलाई किभीको ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । सो अवसरमा ब्राण्ड एम्बेसडर दिपकले केटी १००० ट्याब प्रदर्शन गरेका थिए । सो ट्याब १० हजार थान बुक भइसकेको कम्पनीले जनाएको छ ।

किभीका सेट सस्तोको साथै आकर्षक, बहु सुविधायुक्त र एक वर्षको पूर्ण वारेन्टीको कारण सेट उपभोक्ताले रुचाउने विश्वास लिएको प्रबन्ध निर्देशक मोहन बंशलले बताउनुभयो ।

deepak kand

किबी मोबाइल इण्डिया, अपि|mका, युके, बंगलादेशलगायत मुलुकमा विस्तार भइसकेको जनाइएको छ । ‘हामी नेपालीको मोबाइल, किभी मोबाइल’ नारालाई व्यापाक प्रचारप्रसार गरी उपभोक्तामाझ फैलाउने बंशलले उल्लेख गर्नुभयो ।

मोबाइल लञ्चमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्न फालिएका प्लाष्टिक, पत्रपत्रिका, रिचार्ज कार्ड, स्याउका खोलबाट पहिरन बनाएर फेसन सो गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment