Comments Add Comment

फत्तेमानका केही भित्री कथाहरु

नरेन्द्रराज प्रसाई

यस्तो पनि हुँदो रै ‘छ जिन्दगीमा कै ले कै ले

कसै लाई माया गर्नु एउटा भूल गरें मै ले ।

(स्वर : फत्तेमान, सङ्गीत : नातिकाजी, शब्द : यादव खरेल)

नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला पत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा थियो । त्यही सीमालाई समाएर उनले दुई सयजति आधुनिक गीतगायनमा आफूलाई स्थापित गरेका थिए ।फत्तेमानको जन्म संवत् १९९३ साल मङ्सिर पूणिर्मामा काठमाडौँको पशुपति देवपत्तनमा भएको थियो । यिनका बाबु जितमान राजभण्डारी र आमा पूर्ण मायाका दुई छोरा र चार छोरीमध्ये यी कान्छा छोरा थिए । यिनका बाबु पनि सङ् गीतका सौ खिन भएको हुँदा यिनले सानै देखि गीत गाउने अवसर पाएका थिए ।fateman-rajbhandari यिनका बाबु तबला बजाउँदै गीत गाउने गर्थे । त्यसैले बाबुसँगसँगै पशुपतिनाथको प्राङ्गणमा भजन गाउँदागाउँदै यी गायनमा समर्पित भए ।फत्तेमानको स्वर मीठो भएका कारण मान्छेहरू त्यति बेलै देखि यिनको भजन सुन्न मन पराउँथे । यी सात वर्ष को उमेरदेखि नै यस बाटामा सक्रिय भएका थिए । बालकै देखि पशुपतिनाथ मन्दिर परिसरमा हुने नित्य भजनमा यिनको सहभागिता निरन्तर जुटिरहृयो ।

फत्तेमान सानैदेखि गीत गायनको कार्य क्रम भनेपछि कान ठाडो पार्ने गर्थे । त्यसै ले यिनी जहाँजहाँबाट साङ् गीतिक कार्य क्रमको निम्ता भेट् थे त्यहीँत्यहीँ पुग्ने गर्थे । यिनी मञ्चमा उभिएर गीत गाउन पाउँदा धेरै दङ् ग पर्थे । यिनको स्वर सुनेर दर्श कहरू पनि यिनीसँग झुम्म झुम्मिन्थे । यिनी सरल बेहोराले तिखारिएका सहज गायक थिए ।फत्तेमान २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए । यी भजनमा नै मग्न भएका कारण यिनले सुरुमा रेडियो नेपालमा पनि भजन नै रिकर्ड गराएका थिए । तर पनि आफ्नो स्वरको कर्ण प्रियताका कारण यी बिस्तारै आधुनिक गायनमा पनि अग्रसर हुन थाले । यिनको आधुनिक गीतको पाइला छामेर नातिकाजीले यिनको खुबै तारिफ गरे । नातिकाजी फत्तेमानका प्रशंसक मात्र थिएनन्सनातिकाजी यिनका एउटा सल्लाहकार र निर्देशक पनि बने । त्यसै ले नातिकाजीका थुप्रै सङ् गीतमा यिनले आफ्नो स्वर प्रदान गरे त्यसै गरी यिनका अर्का प्रशंसक हुन् शिवशङ्कर । यिनले शिवशङ्करका केही सङ्गीतमा पनि आफ्नो स्वराङ् कन गरे । यिनले विभिन्न गीतकार र सङ्गीतकारका जेजति गीत गाए ती गीतलाई प्रायः लोकप्रिय पनि बनाए :

कस्तो माया लाइएछ आफ्नै मन मारिदिने

कस्तो बत्ती बालिएछ रात लामो पारिदिने ।

(स्वर : फत्तेमान, सङ्गीत : शिवशङ्कर, शब्द : राममान तृषित)

राजा महेन्द्रले पनि फत्तेमान राजभण्डारीका स्वरको तारिफ गरे । फत्तेमानको स्वर सुनेर नेपालका ख्यातिप्राप्त गीतकारहरू पनि उनका पछि लागे । वास्तवमा फत्तेमान शब्द र सङ् गीत छामेर मात्र गीत गाउने गर्थे । त्यसै ले उनका स्वरहरूले चाँडोभन्दा चाँडो परिचित हुने मौका पाएका थिए । उनी स्वरका एउटा सशक्त पण्डित थिए । नेपाली गायक सङ्गीतकारहरूका माझमा फत्तेमान एउटा उपमा गायक मानिन्छन् । उनी भद्र मात्र होइन इमान्दार पनि छन् । छिर्के हान्ने नेपाली संसारमा उनी एउटा बेग्लै मानवतावादी कलाकारमा देखापरेका छन् । त्यसैले उनलाई चिन्नेहरूले भन्छन् “फत्तेमान बमभोले हुन् ।” उनको चाहना, महत्त्वाकाङ्क्षा र इच्छा एउटै सङ्गीतयात्रा मात्रै मानिन्छ । उनी त्यसै सङ्गीतमा जति भिज्नु छ त्यति नै भिजे । त्यसैले उनी सङ्गीतकर्मीहरूसँग पनि त्यत्तिकै घुलमिल भएका छन् । फत्तेमानले सुरुदेखि नातिकाजीसँग जति घनिष्ठता गाँसे, जीवनभरि नातिकाजीसँग उनी त्यत्तिकै आत्मीय पनि भए । त्यति मात्र होइन उनी नातिकाजीका सुखदुख पनि बने । नातिकाजीका मनका कुरा यदि बाहिर कतै गएका छन् भने ती कुराहरू धेरै जसो फत्तेमानकै कानमा पसेका छन् । वास्तवमा फत्तेमान भन्नु एउटा विशाल मनका भकारी मानिन्छन् ।

सानै देखि फत्तेमानको सम्बन्ध नारायणगोपालसँग थियो । फत्तेमानको जोगीहरूसँगको हेलमेलले गर्दा उनलाई नारायणगोपालले महाराज भनेर बोलाउने गर्थे । नारायणगोपाल प्रायः फत्तेमानलाई भेट्न पशुपति नै पुग्ने गर्थे । नारायणगोपालले पनि किशोर अवस्थादेखि नै फत्तेमानको स्वरको प्रशंसा गरे । आखिर यी दुवै जनाको भावना पनि झन्नै एउटै भयो । त्यसैले यिनले नारायणगोपालको सङ् गीत पनि समाए । वास्तवमा २०३५-०३६ सालतिर नारायणफत्तेका गीतले नेपाली साङ्गीतिक बगैँचामा एउटा नयाँ मोड स्थापित गरेका थिए । स्वर, सङ् गीत र शब्दहरू आआफ्ना ठाउँका उच्चस्तरीय प्रतिस्पर्धी भएका कारण फत्तेमानका गीत नेपाली जनमानसमा छिट्टै लोकप्रिय पनि भएका थिए :

बनै खायो डढेलोले

मनै खायो त्यै मोरीको

पापी मायाले ।

(स्वर : फत्तेमान, सङ्गीत : नारायणगोपाल, शब्द : कालीप्रसाद रिजाल)

फत्तेमानले २०१६ सालमा जमुना राजभण्डारीको सिउँदो सिँगारेका थिए, घाँटीमा पोते समर्पण गरेका थिए र हातका नारीमा छमछम बज्ने चुरा लगाइदिएका थिए । बिहेपछि उनको साङ्गीतिक वातावरण झनै विकसित भएको थियो । त्यसपछि उनी एकोहोरो सङ्गीत निर्माण गर्नमा जुट्न थाले । परिणामस्वरूप नेपाली साङ् गीतिक इतिहासमा उनका बीसवटा साङ्गीतिक धूनहरू प्राप्त हुन सके ।फत्तेमान र जमुनाका पाँच जना सन्तान जन्मे । दुई भाइ छोरा रवीन्द्रमान र जितेन्द्रमान तथा तीन बहिनी छोरी तारा, जानकी र विनाका पिताका है सियतले यिनले आर्थि क दायित्व पनि वहन गर्नै पर्‍यो । तर नेपालमा कलाकारले साधनामा मात्रै बाँच्नु पर्दा उसले आफ्नी ८० वर्षीय आमालाई पनि खाली खुट्टा हिँडाउनुपर्छ र स्वास्नी छोराछोरीलाई भोकै राख्नुपर्छ । यस हिसाबमा फत्तेमानलाई दै वले साथ दिएको पाइन्छ । आˆना बाबुबाजेको सम्पत्तिमा आर्जि त घरभाडा उठाएर उनी आफ्नो जीवनचक्र चलाइरहेका छन् । गीत गाएर चाहिँ उनले जति पै सा खर्च गरे त्यति पै सा उठाउन भने सकेनन् ।

फत्तेमान रेडियोमा पुगेको आठ वर्ष मा नै चर्चि त भइसकेका थिए । २०२६ सालको कुरा हो, त्यस बेला रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा उनले पनि भाग लिएका थिए । ‘यस्तो पनि हुँदो रै ‘छ जिन्दगीमा कैले कैले’ बोलको गीत गाएर उनी स्वरमा प्रथम भएका थिए । यो प्रतियोगिता उनको जीवनको प्रथम घटना थियो । सोबापत राजा महेन्द्रबाट उनले स्वर्ण पदक पनि प्राप्त गरेका थिए । त्यस घटनाले उनी झनै उत्साहित भए । राजाका बाहुलीबाट साङ् गीतिक पदक भिरेर उनी झन् झन् मीठामीठा गीत गाउँदै गए । उनको स्वरको चारै तिर सुवास छरिन थाल्यो ।फत्तेमान बेलाबेला राजदरबार पुग्ने गर्थे । त्यहाँ गीत सुनाएपछि उनले राजा महेन्द्रबाट खर्च पनि पाउने गर्थे । वास्तवमा त्यो समय उनको स्वणिर् म युग थियो । उनी त्यही उत्साह र उमङ्गमा गायनको आरोहमा आˆना पाइला चलाइरहेका थिए ।

फत्तेमानको गायनको सक्रियतालाई छिन्नलता गुठीले पनि कदर गर्‍यो । त्यसैले यी २०५२ सालमा छिन्नलता पुरस्कारबाट सम्मानित भए । फत्तेमानको निरन्तर गायनयात्राको खबर राजदरबार पनि पुग्यो । त्यसै ले २०५५ सालमा यी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भए । साथै यिनी वीरेन्द्रऐश्वर्य सेवापदकबाट पनि विभूषित भए । फत्तेमानको स्वरको धेरै ठाउँबाट कदर भयो । उनले ठाउँठाउँबाट सम्मान र अभिनन्दनपत्रहरू पाइरहे । उनको योगदानको चारै तिरबाट प्रशंसा भइरहृयो । ससाना सम्मान र विभूषणहरू पनि फत्तेमानका लागि झनै जोस भएर निस्के । उनी सादा, सरल र भद्र भएका कारण सानै चिज पनि यिनका लागि ठूलो हुन्थ्यो । त्यसै ले मान्छेहरू भन्छन्ः “फत्तेमान एउटा असल कलाकार हुन् ।” उनी फलको आशामा नफसी कर्म मा मात्रै जुटिरहे । परिणामस्वरूप उनले आˆनो स्वरलाई बूढो हुनबाट वञ्चित गराउन कसरत गरिरहे । उनी एकोहोरो गायनमा मात्र आबद्ध भइरहे । २०५९ साल साउन २५ गते काठमाडौँको एउटा विशाल कार्य क्रममा उनले एकल गीतहरू गाएका थिए जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट पनि भएको थियो । सो कार्य क्रममा उनले आˆनो जीवनको सिङ् गो गायनयात्राको सुकिलो परिचय दिएका थिए । त्यतिखेर उनले सारा श्रोतादर्श कबाट करतल तालीको स्वागत पाएका थिए । यस बेला उनको स्वर प्रशंसै प्रशंसाले भरिएको थियोस उनको गलाले नेपाली मनलाई छोइरहेको थियो-

मर्न बरु गारो हुन्न, तिम्रो माया मार्न सकिनँ

०००

वसन्तको हरियाली फूलसँगै वै ली जान्छ

नीलो भुइँको सेतो बादल हावासँगै उडी जान्छ ।

(स्वर : फत्तेमान, सङ्गीत : नातिकाजी, शब्द : तीर्थराज तुलाधर)

फत्तेमानलाई कार्यकारी प्राज्ञ हुने धेरै ठूलो धोको थियो । तर उनको कुर्कुच्चोमा पनि बान्न नसुहाउनेलाई दलबलबाट नेपाल सङ्गीत प्रज्ञाप्रतिष्ठानमा प्राज्ञका रुपमा भर्ना गरिएको पनि देखियो । आज अर्थात २०७० साल भदौ २५ गते उनी स्वर्गीय भए । तर तिनै दलका नेताहरु फत्तेमान विशिष्ट गायक थिए भनेर अहिले भट्ट्याई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment