Comments Add Comment

मंगल ग्रहमै मर्न २ लाख जना तयार (भिडियो सहित)

मंगल ग्रहमा जान को चाहँदैन र ? तर जान मात्र पाइने र आउन नपाइने शर्त राख्ने हो भने त्यहाँ जान को तयार होला ? सामान्य रुपमा भन्ने हो भने आफुलाई मंगल ग्रहमै लोप गराउने त्यस्तो धृष्टता कसैले गर्दैन । तर विश्वमा २ लाख जना मानिस मंगल ग्रहमै गएर ‘मर्न’ राजी भएका छन् ।

mars 1

नेदरल्याण्डको एक कम्पनीले मंगल ग्रहमा जाने एकतर्फी यात्राका लागि आह्वान गरेको आवेदनका क्रममा २ लाख जनाले इच्छा जाहेर गरी आवेदन भरेको बताइएको छ । मार्स वान नामक उक्त कम्पनीले मंगल ग्रहको एकतर्फी यात्राका लागि आवेदन दिन तय गरेको अघिल्लो हप्ताको समयावधिसम्ममा २ लाख जना भन्दा बढिले आवेदन दिएका कम्पनीको भनाइ छ । यसरी आवेदन दिनेमा १४० देशका मानिस रहेका छन् ।

mars 2

मार्स वानका अनुसार सन् २०१६ को अक्टोबरमा आवेदन दिने मध्ये छानिएका यात्रुहरुलाई मंगल ग्रहमा पूराउनका लागि मिसन सुरु हुनेछ । यस्तो मंगल यात्राका क्रममा कुनै दुर्घटना नहोस् भनेर मंगल ८ पटक अवतरणको अभ्यास हुनेछ । २ लाख मध्ये छानिएका २४ देखि ४० जना मानिसलाई सन् २०१५ देखि ७ वर्षे लामो तालिम दिइनेछ र त्यसपछि मंगल ग्रहमा लगिनेछ । विभिन्न ३ चरणको परीक्षा लिएर यात्रु छनोट गरिने बताइएको छ ।

Mars & Stars

आउँदो एक दशकभित्रै मंगल ग्रहमा मानव वस्ती बसाउने आफ्नो योजना रहेको मार्स वानको दाबी छ । पृथ्वीबाट मंगल ग्रह सम्मको यात्रा २ सय दिनको हुनेछ ।

भिडियो हेर्नुस् मंगल ग्रहमा यसरी थुपारिनेछ मान्छे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment