Comments Add Comment

६३ वर्षीय एमाओवादी नेता स्वनाम र किरणको विवाह : तपाईलाई कस्तो लाग्यो ?

जनयुद्धकालमा नेकपा (एकताकेन्द्र)मा रहनुभएका एमाओवादी नेता शशी शेरचन उर्फ स्वनाम साथी कहिल्यै पनि हत्या हिंसाको राजनीतिमा संलग्न नहुने शान्तिप्रेमी कम्युनिष्ट नेता हुनुहुन्छ । दुईवटै मृगौलामा खराबी आएपछि मृगौला प्रत्यारोपण गरी जीवन धानिरहनुभएका साथीले ६३ वर्षको उमेरमा विवाह गर्नुभएको छ ।

sathi-sonam-marrige-1

जनवादी विवाह बन्धनमा बाँधिए पनि स्वनाम आफू भने दुईजनाको मन मिलेको अवस्थामा विवाह नै गरिरहनु नपर्ने विचारको नेता हुनुहुन्छ । १० वर्षसम्म आफूभन्दा २९ वर्ष कम उमेरकी किरण गौतमसँग लिभिङ टुगेदरमा रहँदै आउनुभएका स्वनाम र किरणको विवाहलाई तपाई कसरी लिनुहुन्छ ?

१. यो उहाँहरुको व्यक्तिगत एवं आपसी प्रेमको मामिला हो, दुईजनाको मन मिले अरुले चासो राख्न आवश्यक छैन ।

२. मन मिल्यो भन्दैमा प्रेम निरपेक्ष हुँदैन, यसमा कानुन र समाजिक स्थितिको पनि ख्याल गरिनुपर्छ । कानूनले अनमेल विवादलाई बर्जित गरेको छ । ‘लिभिङ टुगेदर’ भन्दैमा विवाहपूर्वको यौन सम्बन्धलाई नेपाली कानून र समाजले मान्यता दिएको छैन । बूढा मान्छेसँग जवानले विवाह गर्नु शारीरिक हिसाबले पनि वैज्ञानिक छैन ।

३. यो घटना कम्युनिष्टमा परेको पश्चिमा पुँजीवादी सांस्कृतिक प्रभावको उच्चतम् दृष्टान्त हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment