Comments Add Comment

वैदेशिक रोजगारीमा दुःख दिनेलाई कारबाही गर्छु : रेग्मी

२८ भदौ, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वैदेशिक रोजगारीमा जाने नेपालीलाई दुःख दिने कुनै पनि निकायलाई कारबाही गर्ने बताउनुभएको छ ।

khilraj regmiवैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिसँग आज बिहान भएको छलफल कार्यक्रममा अध्यक्ष रेग्मीले घरखेत बन्धकी राखेर केही कमाउने आशमा निस्केका नेपाली दाजुभाइलाई दुःख दिएर गाह्रो नपार्न सङ्घलाई आग्रह गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई विभिन्न बहानाबाजी देखाई अध्यागमन विभागले विमानस्थलबाट फर्काइदिएको विरोधमा सङ्घले आज बिहान मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग भेटेका थिए ।

गत केही हप्ता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका १७ र अध्यागमन विभागका १८ कर्मचारीलाई पक्राउ गरी कारबाहीका लागि सिफारिस गरे लगत्तै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अध्यागमन विभागले १९० जनालाई विमानस्थलबाट फर्काइसकेको सङ्घका पूर्व अध्यक्ष प्रेमबहादुर कटवालले बताउनुभयो ।

वैदेशिक रोजगार कम्पनीले यसअघि श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागसँग पटकपटक भेटेको थियो । तर समस्या समाधान नभएपछि मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई भेटेर सङ्घले भोग्नुपरेको समस्याका बारेमा अवगत गराएको व्यवसायी विमल ढकालले बताउनुभयो ।

हालसम्म नेपालबाट विभिन्न देशमा रोजगारीमा जाने नेपालीको सङ्ख्या ४० लाख नाघिसकेको छ भने आव ०६९/०७० को असार मसान्तसम्म चार खर्ब ३४ अर्ब ५९ करोड विप्रेषण प्राप्त भइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment