Comments Add Comment

लिम्बुवानको चुनावी अभियान सुरु, भोट र नोट दुवै माग

रविन भट्टराई

२९ भदौ, ताप्लेजुङ । दोस्रो संविधानसभा निर्वाचनको लागि चुनावि अभियान सुरु गरेको संघिय लिम्बुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले आफ्ना कार्यकर्तालाई चुनाबमा भोटसँगै आर्थिक सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । चुनावी अभियानको क्रममा ताप्लेजुङ आईपुग्नुभएका पालुङ्वाले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एक भोट सँगै न्यूनतम ५० रुपैयाँ पनि पाटिलाई दिन आग्रह गर्नुभएको हो ।

प्रशिक्षण कार्यक्रम पछि सञ्चारकर्मिसँग कुरा गर्दै अध्यक्ष पालुङवाले पहिचानसहितको संघीयता पक्षधर एकीकृत नेकपा माओवादीसहितको दलसँग तालमेल गरेर निर्वाचनमा जाने समेत बताउनुभयो ।

पूर्वका नौ जिल्लालाई लिम्बुवान् स्वायत्त राज्य बनाउन दुई तिहाइ स्थानमा उम्मेदवारी दिने परिषदले कार्यनीति तय गरेको पालुङ्वाले खुलासा गर्नुभयो । निर्वाचन नै पहिलो सर्त भएकाले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्तरिम संविधानको अक्षरश पालना गर्दै संविधान नलेखिएमा देशमा विद्रोह हुने चेतावनी समेत दिनुभएको छ ।

निर्वाचनका लागि परिषदले अध्यक्ष पालुङवाको नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत गठन गरिसकेको छ । अध्यक्ष पालुङ्वाले परिषदको उमेद्धारी पुर्वका ९ जिल्लामा मात्र नभई देशभरबाट दिने तयारी रहेको समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment