Comments Add Comment

युवा संघको भेला चितवनमा

विजय चालिसे

२९ भदौ, चितवन । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको २ दिने राष्ट्रिय कार्यकर्ता भेला आजबाट चितवनमा शुरु हुदैंछ ।

भेलाको आज मध्यान्ह १२ बजे भरतपुरको गेष्टहाउस चौरमा एक समारोहकाबीच एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई अध्यक्ष खनाल, नेता केपी ओली, सचिव शंकर पोख्रेल, युवा ईन्चार्ज शेर बहादुर तामांङले संवोधन गर्नुहुनेछ ।

त्यस्तै आइतबार रत्ननगरमा हुने बन्दशत्रलाई संवोधन गर्न एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेल आउने कार्यक्रम छ । भेलामा देशभरवाट ७ सय ७६ जना प्रतिनिधी सहभागी बन्ने भेला संयोजक एवं युवा संघका उपाध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

भेलावाट आगामी चुनावलाई मध्यनजर गर्दै युथ फोर्स लाई पुर्नगठन गर्ने तयारी रहेको गुरुङले जानकारी दिनुभयो । संघभित्रको आन्तरिक बिबाद अन्त्य गरेर एकमतका साथ भेला गर्न लागिएको संघका अध्यक्ष महेश बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment