Comments Add Comment

निर्वाचनको सुरक्षाकोलागि मोवाईल फोर्स : बस्नेत

२९ भदौ, चितवन । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले चुनावको सुरक्षाका लागि मोवाईल फोर्स गठन गरिने बताउनुभएको छ । विगतमा जस्तै निर्वाचनको बेला त्रास हुन नदिन युवा संघले फोर्स गठन गर्न लागेको बस्नेतको भनाई छ ।

mahesh-basnet

रिपोटर्स क्लव चितवन शाखाले आज विहान भरतपुरमा गरेको साक्षात्कारमा अध्यक्ष बस्नेतले केन्द्रमा ५ सय, जिल्लातहमा २ सयजनाको र प्रत्यक क्षेत्रमा टास्क फोर्स गठन गरिने बताउनुभयो । बस्नेतले भन्नुभयो-‘पहिलेको निर्वाचनमा जनतामा मनोवैज्ञानिक त्रास थियो, जसका कारण माओवादी पहिलो पार्टी बन्यो, फेरी त्यस्तो वातावरणका लागि माओवादी सकभर आतंक नभए पैसाको आतंक फैलाउने रणनितिमा छ, हामी त्यसो हुन्न दिन्नौं ।’

शाखा अध्यक्ष राजु चौधरीको अध्यध्यतामा भएको कार्यक्रममा बस्नेतले मोबाईल फोर्स असुरक्षाको वातावरण सिर्जना भएमा आधा घण्टा भित्रमा २ सय मोटरसाईकल जम्मा गर्न सक्ने अवस्थामा हुने पनि दाबी गर्नुभयो । युवा संघ बौद्विक र जुझारु युवाहरुलाई एकतावद्व गरेर रुपान्तरण र संरक्षणको अभियानमा लाग्ने प्रयासमा रहेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment