Comments Add Comment

सडकमा बत्ती राख्न माग गर्दै अरनिको राजमार्ग अवरुद्ध

२९ भदौ, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत थिमिस्थित एसएस चोकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मध्यपुरथिमी १ बस्ने १२ वर्षका सविन प्रजापति र वडा नम्बर ९ बस्ने ६२ वर्षकी केशरीमैयाँ भासिमाको मृत्यु भएको हो ।

उनीहरुलाई स ३ प ८४९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक सप्तरी खड्गपुर घर भई हाल भक्तपुर दुवाकोट गाविस बस्दैआएका २० वर्षका  रावलकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाह पनि घाइते भएको र उनको बिएन्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा दुई जनाको ज्यान गएपछि आज बिहान ८ बजेपछि थिमिका बासिन्दाले अरनिको राजमार्गअन्तर्गत छ लेन सडक बन्द गराएका छन् । हरेक महिना दुर्घटना हुने एसएस चोकमा तत्काल सडकबत्ती र आकासेपुलको व्यवस्था हुनुपर्ने, चालकलाई कारबाही हुनुपर्ने र मृतक परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीयवासीले सडक बन्द गराएका हुन् ।

सडक बन्द गराएपछि अरनिको राजमार्ग भएर ओहोरदोहोर गर्ने यातायातका साधन रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment