Comments Add Comment

चार दल रिमोटबाट नचले सहमति पक्का : गुरुङ

२९ भदौ, काठमाडौं । नेकपा-माओवादीका सचिव देव गुरुङले वीन वीन सहमति खोज्नु पर्ने बताउनु भएको छ । राष्ट्रपतिको आहृवानमा शुक्रबार भएको सर्वदलीय बैठक सकारात्मक भएको उहाँको भनाई छ ।

dev-gurungसंवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता गुरुङले भन्नुभयो-‘यो बेला पनि सहमति भएन भने चार दललाई इतिहासले क्षमा दिने छैन भन्ने कुरा दलहरुभित्रै कुरा उठ्न थालेको छ, यो सकरात्मक कुरा हो ।’ उहाँले अघि भन्नुभयो-‘अब सबैले वीन वीन हुने अवस्था खोज्नु पर्दछ ।’

बाहृय शक्तिको रिमोटबाट चार दल नचलेमा राष्ट्रिय सहमति हुने पक्का भएको भन्दै उहाँले भन्नुभयो-‘अब राष्ट्रिय सहमति हुने सम्भावना बढेर गएको छ, विगतका वार्ता र गोलमेच सम्मेलन पनि बाहृय शक्तिको प्रभावका असफल भएका हुन् ।’ यद्यपि मंसिरमा चुनाव ब्यवहारिक र प्राविधिक दुवै हिसावले असम्भव भएको उहाँको भनाई थियो ।

माओवादी सचिव गुरुङले आफ्नो पार्टीले निर्दलियताको तुलनामा बहुदलिय व्यवस्था स्वीकार गरेको बताउनु भयो । विगतको राजतन्त्रभन्दा रेग्मी सरकार कम नभएको भन्दै उहाँले भन्नुभयो-‘२०४६ यताको सबैभन्दा बलियो यही निर्दलिय सरकार भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment