Comments Add Comment

एमाओवादीले चुनाव सार्न खोजेको खनालको आरोप

२९ भदौ, चितवन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर ४ को संविधानसभा निर्वाचन कुनै हालतमा नसर्ने बताउनुभएको छ ।

शनिबारबाट सुरु भएको युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अनालले एमाओवादी चुनाव सार्ने पक्षमा देखिएको र त्यसो भएमा सम्पूर्ण सहमतिको बाधक माओवादी ठहरिने बताउनुभयो । निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै उहाँले त्यस्ता तमाम षडयन्त्रलाई एमालेले चकनाचुर पारेर निर्वाचन गराएरै छाड्ने दाबी गर्नुभयो ।

आउँदो संविधानसभाको निर्वाचन सबैका लागि अवसर भएको खनालले भन्नुभयो-‘नेकपा-माओवादी र मोहन वैद्य दुवैका लागि पनि यो अवसर हो ।’ उहाँले आउँदो निर्वाचनमा एमालेले एकसयभन्दा बढी निर्वाचन क्षेत्रमा विजय हासिल गरी पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

भेलामा देशभरबाट युवासंघका ७ सय ७६ जना प्रतिनिधि र तीन सय पर्यवेक्षक सहभागी छन् । भरतपुरमा उद्घाटनसत्र भएको छ भने रत्ननगरमा बन्दसत्र हुँदैछ । उद्घाटनपूर्व भरतपुर नगर क्षेत्रमा र्‍यालीको आयोजना गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment