Comments Add Comment

एमाले मोरङले रुचाएन केन्द्रीय नेता

२९, काठमाडौं । नेकपा एमालेका केन्द्रीय नेता भरतमोहन अधिकारी, राजेन्द्र गौतम, गुरु बराल, नरेश पोखरेल, गंगादेवी डाँगी र लालबाबु पण्डितलाई आगामी चुनावमा गृहजिल्ला मोरङबाट प्रत्यक्ष उमेद्वार बनाउन जिल्ला पार्टीले अनिच्छा देखाएको छ । स्थानीय कार्यक्रमहरुमा आफ्नो फोटोसहितको पोष्टर बनाएर प्रचार गर्ने जिल्ला कमिटी सदस्य पर्शुराम बस्नेतलाई पनि एमाले मोरङले बिर्सिएको छ ।

parsuram basnetनेकपा एमाले मोरङ जिल्ला कमिटीले संविधानसभाका लागि उमेद्वार सिफारिस गर्दा केन्द्रीय नेतालाई भन्दा स्थानीय नेतालाई नै प्राथमिकता दिएको छ । मोरंगबाट एमालेका केन्द्रीय सदस्य भरतमोहन अधिकारी, गुरु बराल, राजेन्द्र गौतम, लालबाबु पण्डित, नरेश पोख्रेल र गंगादेवी डाँगी कोही पनि प्रत्यक्षतर्फको उमेद्वारको सिफारिसमा पर्नुभएको छैन । पूर्वसांसद हर्कमान तामाङलाई पनि प्रत्यक्षमा सिफारिस गरिएको छैन ।

अघिल्लो चुनावमा मोरङ- ८ बाट थोरै मतले एमाओवादीका गोपी अछामीसँग पराजीत भएका केन्द्रीय सदस्य गुरु बराल यसपालि पनि सोही क्षेत्रमा चुनाव लड्न इच्छुक हुनुहुन्थ्यो । अर्का केन्द्रीय नेता राजेन्द्र गौतमको रोजाइ पनि मोरङ- ८ नै थियो । त्यस्तै क्षेत्र नं २ मा भरतमोहन अधिकारीले ०६४ को पराजय फिर्ता गराउने चाहना राख्नुभएको थियो । तर, स्थानीय पार्टीले केन्द्रीय नेताको साटो स्थानीय नेतालाई नै चुनाव लडाउने नीति लिएको छ ।

एमाले स्रोतका अनुसार मोरङ-८ मा स्थानीय चन्द्रबहादुर गुरुङलाई प्रत्यक्षतर्फको एक नम्बरमा सिफारिस गरिएको छ । इन्द्रपुरका पूर्व गाविस अध्यक्षसमेत रहेका गुरुङ स्थानीय तहमा लोकपि्रय हुनुहुन्छ । नायिका रेखा थापाले चुनाव लड्ने भनिएको मोरङ ८ मा स्थानीय गुरुङसँग एमाओवादीका पूर्वसभासद गोपी अछामीले प्रतिश्पर्धा गर्ने देखिएको छ । त्यस्तै भरतमोहन अधिाकारीको क्षेत्रबाट एमालेले चण्डी राई, राजकुमार बस्नेत र नैनकला ओझाको नाम सिफारिस गरेको छ ।

डनको आरोप खेप्दै आएका र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका पर्शुराम बस्नेतलाई यसपालि मोरंगले समानुपातिक वा प्रत्यक्ष कतै पनि नसम्झी ‘बाइ’ गरेको छ । दोलखाबाट रोजगारीको सिलसिलामा बिराटनगर पुगेर करोडपति बनेका बस्नेतको राजनीतिक धरातल मोरङमा कमजोर बन्न थालेको महसुस एमालेका स्थानीय नेताहरुले गरेका छन् ।

मोरङका पूर्वसांसद हर्कमान तामाङ र पूर्वजिल्ला सचिव एवं केन्द्रीय लेखा आयोगका सदस्य नरेश पोखरेललाई पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छैन । केन्द्रीय नेताहरुलाई समानुपातिकमा राखेर स्थानीइलाई प्रत्यक्षमा उठाउँदा विगतमा गुमेको सीट फर्काउन सकिने एमाले नेताहरुको विश्वास लिएका छन् ।

९ निर्वाचन क्षेत्र रहेको मोरङमा ०६४ को चुनावमा एमालेले उपत्यकामाजस्तै एक सीट पनि जित्न सकेको थिएन । मोरङका ९ क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले दोस्रो स्थानमा आएको थियो भने २ सीटमा तेस्रो स्थान र २ सीटमा चौथो स्थानमा खुम्चिएको थियो ।

उता मोरङमा प्रत्यक्षतर्फ सिफारिसमा नपर्नुहुने केन्द्रीय सदस्य राजेन्द्र गौतमको नाम एमालेले संखुवासभा २ बाट प्रत्यक्षतर्फ सिफारिस गरेको छ । संखुवासभा २ मा ०६४ सालमा पनि एमालेले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment