Comments Add Comment

संघीय समाजवादीद्वारा राईको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन

२९ भदौ, काठमाडौं । संघीय समाजवादी पार्टीले पार्टी अध्यक्ष अशोक राईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शनिबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकले शीर्ष नेताहरु सम्मिलित निर्वाचन परिचालन समिति गठन गरेको हो । बैठकले महासचिव राजेन्द्र श्रेष्ठको नेतृत्वमा घोषणा पत्र मस्यौदा र उपाध्यक्ष विजय सुब्बाको नेतृत्वमा उम्मेदवार सिफारिस समिति गठन गरेको छ ।

बैठकले महासचिव राजेन्द्र श्रेष्ठको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । ‘राजनीतिक समितिसँग भएको पाँचबुँदे सहमतिले राष्ट्रिय राजनीतिमा उदयमान शक्तिका रुपमा हाम्रो पार्टीलाई स्थापित गराएको छ’ प्रतिवेदनबारे उल्लेख गर्दै श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-‘चुनावमा नसोचेको परिणाम आउँछ भन्ने हाम्रो मूल्यांकन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment