Comments Add Comment

समयमै चुनाव सम्पन्न होस् : भारतीय विदेश सचिव

३० भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने भनिएको संविधानसभाको निर्वाचन सार्ने कि नसार्ने भन्ने तीव्र छलफल भइरहेका बेला काठमाडौं आइपुग्नुभएकी भारतीय विदेश सचिव सुजाता सिंहले तोकिएकै समयमा चुनाव हुनुपर्ने अभिव्यक्ति दिनुभएको छ ।

चार राजनीतिक दलहरु विदेशीको रिमोटबाट चलेको वैद्यपक्षका नेताहरुले आरोप लगाइरहेका बेला टुप्लुक्क काठमाडौं आइपुगेकी भारतीय विदेश सचिवको भूमिकाले मिल्नै लागेका राजनीतिक दलहरुवीच थप दुरी बढाउने सिंहको अभिव्यक्तिले प्रष्ट पारेका छ ।

article-2300698-18FB0959000005DC-538_224x423भारतीय विदेशसचिव सिंहले शनिबार काठमाडौं आएकै दिन नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरिसक्नुभएको छ । उहाँले आइतबार मन्त्रिषिद अध्यक्ष खिलराज रेग्मीसँग भेट गर्नुभएको छ । मंसिर ४ को चुनाव सार्न नहुने बताउँदै आउनुभएका खनाल र कोइरालालाई भारतीय विदेश सचिवले भेटेर मंसिर ४ मे चुनाव हुनुपर्ने बताएको स्रोतहरुले उल्लेख गरेका छन् ।

शुक्रबार शीतलनिवासमा आयोजित सर्वदलीय बैठकपछि नेकपा- माओवादीका सचिव देव गुरुङले रिमोट कन्ट्रोलले काम गरेन भने चार दल सहमतिमा आउने बताउनुभएको थियो । तर, गुरुङले यसो भनेको भोलिपल्टै भारतीय प्रधानमन्त्रीका दूतका रुपमा विदेश सचिव सुजाता काठमाडौंमै आइपुग्नुभयो ।

आइतबार दिउँसो राष्ट्रपति डा. रामवरण यादव र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भेटेपछि सिंह आजै दिल्ली र्फकने कार्यक्रम छ । शनिबार उहाँले कांग्रेस र एमाले नेतासँग भेट गरे पनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर रहेकाले भेट गर्न पाउनुभएन ।

देशभित्रका राजनीतिक दलहरुले समस्या समाधानका लागि बहस र छलफल गरिरहेका बेला भारतीय विदेश सचिवको आगमनलाई संयोगमात्रै मान्न सकिन्न । सर्वदलीय बैठकमा गोलमेच सम्मेलनमा समेत सहमति जनाउन तयार चार दलका नेताहरु उच्चस्तरीय समितिको बैठकमा पुगेपछि वैद्यको प्रस्तावप्रति नकारात्मक देखिनुमा विदेशीको हात रहेको वैद्य पक्षका नेताहरुले आरोप लगाउँदै आरानेप लगाइरहेका बेला भारतीय अधिकारीले मंसिर ४ मै चुनाव हुनु राम्रो भन्ने प्रतिक्रिया दिएपछि यसले समस्यालाई थप गिजोल्ने अवस्था देखएकिो छ । हेरौं, आइतबार दिउँसो शीतलनिवासमा बस्ने सर्वदलीय बैठकले के निर्णय गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment