Comments Add Comment

मानव अधिकार आयोग आजदेखि रित्तियो

३० भदौ, काठमाडौं । संविधानसभा चुनावका बेला महत्वपूर्ण भूमिका खेल्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोग आजदेखि पदाधिकारीविहीन बन्ने भएको छ ।

आयोगका अध्यक्ष र सदस्यहरुको ६ वर्षे कार्यकाल सकिने भएकाले आजदेखि आयोग रित्तो बन्न लागेको हो । आयोगका अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यहरु राम नगिना सिंह, गौरी प्रधान, लीला पाठक र केबी रोकायाको ६ वर्षे कार्यकाल एकैसाथ सकिएको हो । संविधानको धारा १३१ अनुसार गठन हुने आयोगका पदाधिकारीहरु संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

पदावधि सकिएका आयोगका पदाधिकारीहरुले आज आयोगको सभाकक्षमा विदाइ समारोहको आयोजना गरी आयोगबाट बाहिरिने तयारी गर्नुभएको कायममुकायम सचिव वेदप्रसाद भट्टराईले जनाउनुभएको छ ।

विदाइ हुनुभन्दा तीन दिनअघिमात्रै आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राष्ट्रपतिसमक्ष विहीबार आयोगको वाषिर्क प्रतिवेदन बुझाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment