Comments Add Comment

पोखरामा चीनले कन्सुलेट कार्यालय माग्दा भारतलार्इ टाउको दुख्यो

३० भदौ, काठमाडौं । गौतम बुद्ध भारतमा जन्मिएको भनेर भारतीय सञ्चार माध्यमले भ्रम फैलाएका भन्दै नेपालमा विरोध भइरहेका छ । यही बेला आइतबार एउटा भारतीय सञ्चार माध्यमले पोखरामा चीनले वाणिज्य दूतावास बनाउन लागेकोमा चिन्ता जाहेर गरेर आफ्नो ‘बडे भाइ’ चरित्र देखाएको छ ।

भारतीय पत्रिका इण्डियन एक्सप्रेसको ‘द सन्डे स्ट्याण्डर्ड’ ले लेखेको छ, ‘चीनले नेपालसँग पोखरामा वाणिज्य दूतावास खोल्नका लागि अनुमति मागेको छ, यो प्रस्तावले भारतीय सुरक्षा ऐजेन्सीलाई चिन्तित बनाएको छ ।’

China

नेपालमा चिनियाँ वाणिज्य दूतावास खोल्दा भारतलाई किन चिन्ता ? भारतीय पत्रिकाले यसलाई नेपालमाथि चिनियाँ हस्तक्षेपका रुपमा व्याख्या गरेको छ । नेपालमा चिनियाँ भाषा पढाइ हुनु, ठायँठायँमा चिनियाँ व्यावपार व्यवसाय वृद्धि हुनुले नेपाललाई चीनले अतिक्रमण गरेको भारतीय पक्षको आशंका छ ।

तर, भारतले नेपालगञ्जदेखि बिराटनगरसम्मका मधेस एरियामा वाणिज्य दूतावासहरु खोल्न चाहेको ‘द सन्डे स्ट्यान्डर्ड’ ले उल्लेख गरेको छ ।

पोखरा प्रतिआतंवाद नियन्त्रणका लागि महत्पवूर्ण क्षेत्रका रुपमा रहेको पत्रिकामा दाबी गरिएको छ । तिब्बती शरणार्थीहरु पोखराकै बाटो भएर भारत ओहोर-दोहोर गर्ने गरेको भारतीय पत्रिकाले लेखेको छ । यही कारणले चीनले पोखरालाई महत्व दिएको उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment