Comments Add Comment

केशव स्थापित काठमाडौं ६ बाट एमाले उमेद्वार

३० भदौ, काठमाडौं । नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा काठमाडौंका पूर्वमेयर केशव स्थापितलाई काठमाडौं ६ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । एमाले उपत्यका समन्वय कमिटीले क्षेत्र नम्बर ६ को प्रत्यक्षको उम्मेदवारका लागि स्थापितसहितको नाम पठाउने तयारी गरेको हो । ‘उहाँको नाम पनि आएको छ’ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-‘आजै केन्द्रमा सिफारिस गर्छु ।’ keshav-sthapit

नेताहरुका अनुसार क्षेत्र नम्बर ६ बाट स्थापित उम्मेदवार हुने पक्का जस्तै छ । यसका लागि केपी शर्मा ओली पक्षको बढी जोड छ । ‘स्थापित समानुपातिकमा बस्ने नेता नै होइन । उहाँको आफ्नो क्षेत्र भएकाले पकड पनि राम्रो छ’-श्रेष्ठले भन्नुभयो ।स्थापितले समेत आफू उम्मेदवार भए चुनाव जित्ने दाबी गरेपछि एमालेले उहाँलाई सिफारिस गरेको हो । क्षेत्र नम्बर ६ अन्तरगत असन, ठमेललगायत नेवारहरुको बाक्लो बस्ती रहेको छ ।

पछिल्लो समय आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि स्थापितलाई एमालेले कुनै जिम्मेवारी दिएको छैन । पछिल्लोपटक एमाओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त बनाइएको थियो ।

एमाले तेस्रो

स्थापितलाई उमेद्वार बनाउन लागिएको काठमाडौं क्षेत्र नं ६ मा यसअघि एमाले तेस्रो स्थानमा आएको थियो । ०६४ को चुनावमा माओवादीका हितमान शाक्यले १० हजार ७ सय ६८ मत ल्याएर जितेको यो क्षेत्रमा कांग्रेसका भीमसेन दासले १० हजार ५८ मत ल्याएर दोस्रो स्थान हासिल गर्नुभएको थियो भने एमालेका योगेश भट्टराईले ९ हजार ८९ मत ल्याउनुभएको थियो । यस क्षेत्रका पूर्वसभासद हितमान अहिले वैद्य माओवादीमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment