Comments Add Comment

भारत, जापान र म्यामारका कूटनीतिज्ञसंग रेग्मीको भेट

३० भदौ, काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आइतबार भारत, जापान र म्यानमारका कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दुई दनिे नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशसचिव सुजाथा सिंहसँग दुईपक्षीय हितका विषयमा रेग्मीले आइतबार छलफल गर्नुभयो ।

त्यसैगरी नेपाल भ्रमणमा रहनुभएका जापानी पूर्वप्रधानमन्त्री पनि आइतबार सिंहदरबारमा अध्यक्ष रेग्मीसँग भेट गर्नुभएको छ । अध्यक्ष रेग्मीसँग आजै नेपालका लागि म्यानमारका राजदूत यु आए काहिङले समेत शिष्टाचार भेट गर्नुभएको मन्त्रिपरिषद सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment