Comments Add Comment

एमाओवादी निर्वाचन हुन नदिने षड्यन्त्रमा : ओली

KP-Oli३० भदौ, चितवन । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादी निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । काठमाण्डौ र्फकने क्रममा आइतवार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले नेकपा -माओवादीलाई निर्वाचन विरोधीको बिल्ला भिराएर एमाओवादी निर्वाचन हुन नदिने खेलमा लागेको बताउनुभयो । “

देशलाई फेरि हिंसामा लान खोज्ने तथा जालझेल दुष्प्रयास गर्ने शक्तिलाई एमालेले कुनै हालतमा सफल हुन दिँदैन ” नेता ओलीले भन्नुभयो । आगामी संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदय हुने जिकिर गर्दै नेता ओलीले एमालेको बहुमतपछि तोकिएको समयमा संविधान बन्नेमा ढुक्क रहन आग्रह गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment