Comments Add Comment

माओवादी चुनावमा आउनेमा शंका : नेपाल

३० भदौ, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी चुनावमा आउनेमा अझै शंका रहेको बताउनु भएको छ ।

कार्यकर्तासँग भेटघाटका लागि नगरकोटमा नेता नेपालले माओवादी चुनावमा आउने पक्का भए उसले राखेको मागमा बृहत् छलफल गरेर सहमतिमा जान सकिने बताउनु भयो । उहाँले भन्नुभयो नेपालले भन्नुभयो-‘माओवादी आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा आउने नै हो भने उसलेे राखेको मागबारे बृहत् छलफल गर्न सकिन्छ, उनीहरुलाई समय नपुगेको हो भने केही दिन समय थप गर्न सकिन्छ, मिति केही समय सार्न सकिन्छ ।’ खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनेबारे पनि छलफल गरेर सहमति गर्न सकिने उहाँको भनाई छ ।

माओवादीले चैतमा निर्वाचन हुनुपर्ने अडान छाड्नु पर्ने भन्दै उहाँले मंसिर ४ को विकल्पमा मसिरको अर्को कुनै दिन निर्वाचन गर्न सकिने बताउनु भयो । माओवादीको लचकतालाई सकारात्मक रुपमा लिएर सहमतिका लागि सबै अग्रसर हुनुपर्ने भन्दै उहाँले सबै दललाई समेटेर चुनावमा जानु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment