Comments Add Comment

सपना मल्ललाई एमालेको समानुपातिक उम्मेदवार बनाउन सिफारिस

३० भदौ, काठमाडौं । नेकपा एमालेको संविधानसभा संसदीय विभागले कानुनवि एवं महिला अधिकारकर्मी सपना मल्ल प्रधानसहित ३ जनालाई समानुपातिकको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

sapana-mallaसंसदीय विभागको आइतबार बसेको बैठकले पूर्वसभासद्हरु सपना प्रधान मल्ल, शान्तिदेवी चमार र सोनाम छेजुङ लामाको नाा सिफारिस गरेको सचिव रामनाथ ढकालले जानकारी दिनुभयो । महिलाहरुको बढी भन्दा बढी संविधान निर्माणमा सहभागिता रहोस् भनी महिला मात्रको उम्मेद्वारीको सिफारिस गरेको ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमाले संसदीय विभागले असहमत दलहरुलाई समेत सहमतिमा ल्याई मंसिर ४ मै संविधानसभा निर्वाचन वातावरण वनाउन सरकार, उच्चस्तरीय राजनीतिक समिति र राजनीतिक दलहरुलाई आग्रह गरेको छ । साथै संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न प्रत्यक्षतर्फ महिलाले मात्र प्रतिस्पर्धा गर्ने गरी निश्चित क्षेत्र निर्धारण गर्न आवश्यक संबैधानिक ब्यवस्थाका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment