Comments Add Comment

बन्दूक बनाउने मेशीनसहित दुई पक्राउ

क्रान्ति शाह

३० भदौ, वीरगञ्ज । पर्सा प्रहरीले आइतबार राति हतियार बनाउन प्रयोग हुने मेशीन र हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राऊ परेका व्यक्तिले कटुवा पेस्तोल बनाएर १२ हजारमा विक्री गर्दै आएको प्रहरीलाई वयान दिएका छन् ।

पक्राउ पर्नेमा बागेश्वरी तित्रौना गाविस-४ का ५५ वषर्ीय फूल महम्मद मिया र सबैठवा-५ का अजीज मिया रहेका छन् । प्रहरीसंगको बयानका क्रममा अजिज मियाँले आफुले कटुवा पेस्तोल बनाएर १२ हजार रुपैयाँमा बिक्री गर्दै आएको बताएको प्रहरीको भनचाइ छ ।

प्रहरीले मियाका साथबाट एउटा कटुवा पेस्तोल, पाँच राउण्ड गोली, पाँचथान खोका र बन्दुक बनाउने मेशिन दुई थान बरामद गरेको छ । साथै गोली बनाउन प्रगोग हुने फलामका छर्रा र औजारहरुसमेत बरामद गरिएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलको नेतृत्वमा खटिएको प्रहरीको बिशेष टोलीले फूल महम्मद मियाँलाई एक थान पेस्तोलसहित आइतबार बिहान साढे २ बजे भौराटार गाविस वडा नम्बर ४ बाट पक्राउ गरेको हो । सबैठवाका अजिज मिया उनकै घरबाट पक्राऊ परेको प्रहरीले जनाएको छ ।

महम्मदले अजीज मियाँसंग हतियार खरिद गरेको बताएपछि प्रहरीले अजिजको घरमा छापा मारेर हतियार बनाउन प्रयोग हुने मेशीन र औजारसहित उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment