Comments Add Comment

पासाङ भन्छन्- गगन थापा मसंग नलडे राम्रो

७ असोज, काठमाडौं । एमाओवादीका पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन (पासाङ)ले नेपाली कांग्रेसका युवा नेता गगन थापा आशलाग्दो राम्रो युवा नेता भएकाले आफूसँग एउटै क्षेत्रमा चुनाव नलड्न आग्रह गर्नुभएको छ । काठमाडौं क्षेत्र नं ४ मा एमाओवादीका तर्फबाट प्रत्यक्ष चुनावमा उमेद्वार बन्न लाग्नुभएका पासाङले संविधानसभामा पुग्नुपर्ने मान्छेहरु एउटै क्षेत्रमा प्रतिपस्र्धा गर्दा खल्लो हुने बतचाउनुभयो ।gagan-thapa-and-nanda-kisho

‘गगनजी कांग्रेस भए पनि राम्रो सम्भावना भएको युवा नेता हुनुहुन्छ, त्यसैले उहाँ काठमाडौं ४ बाहेक अन्य क्षेत्रबाटै उठिदिनुभए हुन्थ्यो भन्ने मलाई लागेको छ ।’ पासाङले सोमबार अनलाइनखबरसँग भन्नुभयो, ‘अब मैसँग उठ्नु नै हसुन्छ भने त लोकतन्त्रमा आपसी प्रतिश्पर्धा गर्नै पर्ने हुन्छ ।’एमाओवादी नेता पासाङले आफू काठमाडौंमा ४ मा चुनाव लड्ने चर्चा निकै पहिल्यैदेखि चलेकाले थापाले यसबारे विचार गरेर अन्य क्षेत्र रोज्नुभएको भए राम्रो हुने बताउनुभयो । तर, थापाले यसबारे पुनर्विचार नगरे आफू उहाँसँग भिड्न तयार रहेको स्पष्ट पार्नुभयो । ‘यस क्षेत्रमा उहाँको उमेद्वारीबारे कांग्रेसभित्र अझै विवाद छ, तर मेरो लगभग यही क्षेत्रमा उठ्ने निश्चित भैसकेको छ ।’

दुवै युवा नेता एउटै क्षेत्रमा चुनाव लड्दा जनताले विगतको संविधानसभामा के भूमिका खेल्नुभयो भनेर जनताले सोध्ने पासाङको तर्क छ । ‘उहाँ यसअघि नै सभासद भैसक्नुभएको मान्छे हो, उहाँले संविधानसभामा के भूमिका खेल्नुभयो भन्ो विश्लेषण चुनावमा अवश्यै हुन्छ ।’ पुनले भन्नुभयो- ‘उहाँ संविधानसभामा एकपटक ‘टेस्टेड’ भैसक्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment