Comments Add Comment

आयल निगमका कर्मचारीको आन्दोलन तपाईलाई कस्तो लाग्यो ?

नेपाल आयल निगममा अनियमित तरिकाले बोनस बाँडेर भ्रष्टाचार गरेको भन्दै अख्तियार पसेपछि निगमका कर्मचारीहरु आन्दालनेमा उत्रिएका छन् । पहिले अख्तियारका निमित्त कार्यकारी निर्देशकसहित चारजना उच्चपदस्थ अधिकारीहरु पक्राउ परे ।

nepal_oil_corporationत्यसपछि कर्मचारीले अख्तियारको कदमको विरोधमा आन्दोलन घोषणा गर्‍यो । तर अख्तियारले कर्मचारीको माग अनुसार हाकिमहरुलाई रिहाइ गर्नुको साटो कर्मचारी संगठनका नेतालाई समेत पक्राउ गरेको छ ।

यसरी दशैंको मुखमा बोनस खान ठिक्क परेर कसेका कर्मचारीमाथि अख्तियारले गरेको धरपकडको घटनालाई तपाई के भन्नुहुन्छ ?

१. आयल निगमका कर्मचारीको माग सुनुवाइ हुनुपर्छ, बोनस खान पाउनुपर्ने उनीहरुको मागलाई सबैले समर्थन गर्नुपर्छ ।

२. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

३. बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment