Comments Add Comment

शनिबार सरकारी मोटरसाइकल कुदाउँदा च्याप्पै

१२ असोज, काठमाडौं । शनिबार सरकारी विदाको दिन एकाबिहानै सेतो प्लेटको सरकारी मोटरसाइकल लिएर घुम्न निस्किएका एक युवा पुरानो बानेश्वरमा ट्राफिक प्रहरीको फन्दामा परे ।

म सरकारी कर्मचारी हुँ भन्दै उनले सानका साथ चालक लाइसेन्सभन्द पहिले सरकारी कर्मचारी परिचयपत्र झिकेर देखाए । तर, ट्राफिक प्रहरीले उनलाई झन् ठूलो आवाजमा सम्झाए-‘तपाई आफैं सरकारी कर्मचारी हुनुहुँदोरहेछ, यसरी सरकारी विदाका दिन एकाबिहानै यसरी सरकारी सम्पत्ति दुरुपयोग गर्न हुन्छ ?’ तर, विचरा ट्राफिक जतिसुकै कडा भए पनि सरकारी कर्मचारी किन गल्थे, बा १ ब ८८४९ नम्बरको डिस्कोभर मोटरसाइकलमा चढेका उनले ट्राफिकलाई घुरेर हेर्न थाले ।

trafic-police

सार्वजनिक विदाका दिन यसरी सरकारी सवारी साधनहरुको दुरुपयोग सामान्यजस्तै बन्दै गएको छ । चारपांग्रे सरकारी गाडीमा परिवारका सदस्यहरु राखेर विदाका दिन आफन्त भेट्न जानु राजधानीमा त सामान्य मानिन्छ भने अरु जिल्लाको हालत के होला ? यसरी सरकारी साधनको दुरुपयोग व्यापक भए पनि अख्तियारले समेत यतातिर चासो दिएको छैन ।

दशैंको लामो विदा आउन लागेका बेला सरकारी सवारी सधनमको दुरुपयोग बढ्न सक्ने कुरा विगतका घटनाक्रमले स्पष्टै पारेका छन् । तर, पुरानो वानेश्वरमा शनिबार विहान खटिएका यी ट्राफिक जवानजस्तै सबैले कडाइ गरिदिने हो भने सरकारी सम्पत्तिको दुरुपयोग रोकिने थियो कि ? धन्यवाद छ यी ट्राफिकलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment