Comments Add Comment

बिराज भन्छन्, ‘डेट एक्स्पाएर रेखासँग मेरो कुनै तुलना छैन’

यतिबेला देशमा संविधान सभाको चुनावको चर्चा भइरहेको छ । सिने नगरीमा भने असोज २५ गतेबाट प्रदर्शनमा आउन लागेका दुई चलचित्र ‘काली’ र ‘दामिनी’को चर्चा गर्माउँदो छ । छविराज ओझा र रेखा थापाको ‘काली’लाई काउन्टर दिन एकाएक विराज भट्ट र रेखा थापाले अभिनय गरेको चलचित्र ‘दामिनी’ नेपाल भित्राइएपछि बजार तातेको हो ।rekha-thapa-and-biraj-bhattरेखा र छविराजले आफूहरुलाई धोका दिएको भन्दै मनोज राठी र उज्ज्वल पौडेलको टिमले भोजपुरी भाषामा निर्माण भएको ‘दामिनी’लाई नेपाली भाषामा डब गरी हलमा ल्याउन लागेको हो ।

रेखा र विराजको स्टारडमको चर्चाले पनि बजारमा छुट्टै खालको तहल्का मच्चाएको छ । उसो त आफ्नै ब्यानरका सिनेमामा रेखा थापा सफल नायिका हुन् । यता भोजपुरी सिनेमा खेल्नमा व्यस्त नायक विराज भट्टको स्टारडम नेपालमा पनि उस्तै छ । यही क्रममा नायिका रेखा थापाले विराजलाई ‘मरेको कुकुरले शिकार गर्दैन’ भन्दै व्यङ्ग्य पनि गरिन् । रेखाले विराज आफ्नै सिनेमाबाट आएको र असफल भएर भोजपुरीमा लागेको भन्दै आफूसँग तुलना गर्नु हाँस्यास्पद भएको तर्क पनि गरेकी छिन् ।

रेखाको यो तर्कमा नायक विराज भट्टले आफ्नो भनाई सार्वजनिक गरेका छन् । यतिबेला भारतको पटनामा रहेका विराजले अनलाइनखबरलाई टेलिफोन गर्दै चल्न छोडेकी नायिकासँग आफ्नो तुलना नहुने बताए । विराजले भने, ‘म चाडै नै नेपाल आएर आफ्ना भनाईहरु सार्वजनिक गर्नेछु, तर डेट एक्स्पाएर रेखासँग मेरो तुलना हुँदैन ।’ उनले रेखालाई सिने नगरीमा अवधी सकिएकी नायिकाको रुपमा चित्रित गरेका छन् ।

विराजको यो भनाई सार्वजनिक भएसँगै यसले नयाँ रुप लिएको छ । रेखा थापाको ‘काली’ र विराजको ‘दामिनी’ हेर्नका लागि दर्शक प्रतिक्षा गरिरहेका छन् । तर सिनेमा चल्नु अघि रेखा र विराज बिच आरोप प्रत्यारोपको दोहोरी चल्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment