Comments Add Comment

राष्ट्रपतिका छोरा र भतिजीलाई मिल्यो टिकट

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय पार्टीको सिफारिसलाई मिचेर आगामी संविधानसभा निर्वाचनमा धनुषा ५ मा राष्ट्रपति डा. रामवरण यादवका जेठा छोरा डा. चन्द्रमोहन यादवलाई दोहोर्‍याएर टिकट दिएको छ ।

chandra-mohan-yadav-1राष्ट्रपतिका छोरालाई टिक दिइएपछि उम्मेदवारका अर्का दाबेदार महेन्द्र यादव समानुपातिकमा बस्नु हुने भएको छ । महेन्द्रले आफ्ना निकटवर्तीहरुसँग वरिष्ठ नेता शेरबहादुर देउवाको आग्रहमा आफू समानुपातिकमा बस्न तयार भएको बताउनुभएको छ । तरुण दलका पूर्वअध्यक्ष एवं पूर्वसभासद समेत रहेका महेन्द्र यादवपक्षीय नेताहरुले भने राष्ट्रपतिको दबावमा चन्द्रमोहनलाई टिकट दिइएको दाबी गरेका छन् । ‘चन्द्रमोहनलाई टिकट दिन राष्ट्रपतिले नै दबाव दिनुभयो’ एक नेताले अनलाइनखबरसँग भने-‘यसले गर्दा पार्टी तहस-नहस हुँदैछ, धेरै साथीहरुले पार्टी छाड्नुभएको छ ।’

ठूलो विवादका वीच क्षेत्रीय र जिल्ला समितिबाट डा. चन्द्रमोहनको नाम प्रत्यक्ष र समानुपातिक दुबैमा सिफारिस भएको थिएन । तर, आफू जित्ने उम्मेदवार भएको भन्दै काठमाडौं आएका चन्द्रमोहनले शीतलनिवासमा बसेर टिकटका लागि लविङ गर्नुभएको थियो ।

यसअघि उपनिर्वाचनमा समेत राष्ट्रपतिकै दबावमा चन्द्रमोहनले टिकट पाउनुभएको कांग्रेसकै नेताहरुले बताउने गरेका छन् । चन्द्रमोहन एमालेका रुघुवीर महासेठसँग पराजित हुनुभएको थियो । उहाँले आफूलाई कांग्रेसबाटै घात गरेर हराइएको बताउँदै आउनुभएको छ ।

राष्ट्रपतिकी भतिजीसमेत उमेद्वार

कांग्रेस स्रोतका अनुसार राष्ट्रपतिकै दबावमा कांग्रेसले महोत्तरी २ बाट रामवरण यादवकी भतिजी किरण यादवलाई टिकट दिएको छ । आफूभन्दा निकै जुनियर रहेकी किरणलाई टिकट दिएपछि कांग्रेस नेता रैनी हैदर भने लालबाबु यादवसहितका नेता कार्यकर्ता लिएर एकीकृत नेकपा माओवादी प्रवेश गर्नुभएको छ । हैदरलाई एमाओवादीले टिकट दिने पक्का जस्तै छ । यस्तै जानकी शरण साह सद्भावना प्रवेश गर्नु भएको छ र उहाँले पनि टिकट पाउने सम्भावना छ । चन्द्र मोहनसँगको अन्तरविरोधकै कारण राष्ट्रपतिका भतिज पर्ने विजय यादव पनि यसअधि नै प्रचण्डका हातबाट टीको लगाएर एमाओवादीमा प्रवेश गरिसक्नुभएको छ ।

यसैवी राष्ट्रपतिकै दबावमा बारा १ मा रामअयोध्या यादवलाई पनि टिकट दिइएको असन्तुष्ट कांग्रेस नेताहरुको गुनासो छ । रामअयोध्या पनि उहाँ राष्ट्रपति यादवका आफन्त हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment