Comments Add Comment

भारतीय समाचार भ्रामक र तथ्यहीन : नेपाली सेना

२० असोज, काठमाडौं । प्रधानसेनापति गौरवसमशेर राणाले भारत भ्रमणका क्रममा ‘चीन भारतीय भूमिमा छिर्न नसक्ने’ जस्तो कुनै पनि विवादास्पद अभिव्यक्ति नदिएको नेपाली सेनाले स्पष्ट पारेको छ । राणाले ‘चीन भारतीय भूमिका छिर्न नसक्ने’ भनेको समाचार टाइम्स अफ इण्डियामा प्रकाशित भएपछि जवराको चर्को आलोचना भइरहेका बेला नेपाली सेनाले आइतबार विज्ञप्ति निकालेर भारतीय सञ्चारमाध्यमले भ्रामक समाचार प्रकाशन गरेको स्पष्टीकरण दिएको हो । ।

भ्रमणका क्रममा प्रधानसेनापतिले भारतीय सञ्चार माध्यमलाई कुनै अन्तरवार्ता नदिएको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । प्रधानसेनापति राणाले नेपाल र छिमेकी मुलुकहरुको सुरक्षा र सो संग सम्बन्धित विषयबस्तुहरुमा टीकाटिप्पणी गर्दै अन्तर्वाता दिएको भन्ने समाचार तथ्यहीन र भ्रामक भएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ-‘सप्ताह व्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति श्री राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वाता नदिएको हँुदा उक्त टीकाटिप्पणी आफैंमा अप्रासङ्गकि तवरले संप्रेषण गरेको देखिन्छ ।’

नेपाली सेना पेशेवर, अराजनैतिक र संविधानले प्रदत्त गरेका अधिकारक्षेत्रभित्र रही नागरिक सर्वाेच्चतालाई सम्मान गर्ने संस्था भएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली सेना वा नेपाली सेनाको नेतृत्वले त्यस प्रकृतिको गैरजिम्मेवारीपूर्ण टीकाटिप्पणी गर्ने संभावना नै नरहेको र त्यस प्रकृतिको टीकाटिप्पणी सैनिक नेतृत्वबाट नभएको यथार्थ सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment