Comments Add Comment

यसरी भित्र्याइयो वडादसैंको फुलपाती (फोटो फिचरसहित)

२५ असोज, काठमाडौं । वडादसैंको सातौ दिन शुक्रबार परम्पराअनुसार घर-घरमा फूलपाती भित्रयाइएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । फूलपातीका रूपमा नयाँ पालुवा घटस्थापनाको दिन स्थापना गरिएको दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा राखिन्छ ।

fulpati-1दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्र्याउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छजना र त्यहाँबाट काठमाडौँको जमलसम्म छजना ब्राम्हणले ल्याएका छन् । हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।

घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भएपनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्न गरिन्छ ।

fulpati

fulpati--2

fulpati-4

fulpati--5

fulpati-6

fulpati-7

fulpati-8

fulpati-9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment